रुरु धार्मिक सञ्चार प्रालिलाई सहयोगसँगै भक्तजनलाई भोजनदान सम्पन्न

0 173

पाल्पा । रुरु क्षेत्रको सञ्चार जगतलाई अगाडि बडाउनको लागि रुरु धार्मिक सेवा सञ्चार प्राली रुरु धाम रिडीलाई जापानबाट सहयोग प्रदान गरिएको छ ।

यस सस्थाले सामाजिक संस्कृति झल्काउने क्रियाकलाप जेष्ठ नागरिक सम्मान असल बुहारी सम्मान लगायतका लोकप्रिय कार्यक्रम गर्दै आएकोले उक्त सहयोग प्रदान गरिएको जापानबाट नेत्र पाण्डेले जानकारी दिए । यस संस्थालाई आधुनिक कलर फोटोकपी प्रदान गरिएको पाण्डेले बताए ।

आफुले सबै आफसँगै काम गर्ने साथीहरुलाई आग्रह गरेर रकम संकलन गरेर सामान खरिद गर्नको लागि आर्थिक सहयोग पठाएको उनले बताए । यो अभियानमा सत्यवती गाउँ पालिका वडा नं. १ का नेत्रलाल पाण्डेबाट १० हजार जापानी यन, गुल्मी ज्वाङका धिरज भण्डारी बाट ५ हजार यन, मुसिकोट नगरपालिका ८ वामिका बिष्णु प्रसाद सापकोटाबाट ३ हजार यन, बडिगाड गाउँपालिका खरवाङका सुरज धितालबाट २ हजार यन, पाल्पा अर्गलीका कृष्ण प्रसाद न्यौपाने बाट ३ हजार यन, निलमणि सापकोटा बाट १ हजार यन, गुल्मी सत्यवती १ अस्लेवाका दिपक पाण्डेबाट २ हजार यन, पाल्पा निवासी नुरापती गैरेबाट १ हजार १ सय यन, मुसिकोट नगरपालिका वार्ड न ८ लिप्लिङका चुरा बहादुर खत्रीबाट ३ हजार १ सय यन र बिकास भण्डारीबाट ३ हजार यन सहयोग प्राप्त भएको उनले बताए ।

यस सामाग्रीले धार्मिक स्थल रुरु धाममा बस्दै आएका भक्तहरु, साधु सन्त महन्तहरुको नागरिकताको फोटोकपि सेवा प्रदान गर्ने धार्मिक मात्र नभई सामाजिक माइनटलाई निशुल्क फोटोकपि गरिने संस्थाका अध्यक्ष चुरामणी तिमिल्सिनाले बताए ।

त्यस्तै सोही सहयोगी दाताहरुले संयुक्त रुमिा मन्दिरका सम्पुर्ण भक्तजनहरुलाई गत शनिवार १ छाक भोजन दान समेत गरेका छन् । सहयोगी ब्यक्तित्व पाण्डेले यति मात्रै नभइ आफु जापानमा भएपनि आगामी दिनहरुमा पनि यसप्रकारको सहयोग गर्दै जाने बताए ।

Comments
Loading...