रेड्क्रस सोसाइटीद्धारा पाल्पा अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

0 198

पाल्पा । नेपाल रेड्क्रस सोसाइटी पाल्पा शाखाले पाल्पा अस्पतालका लागि बिभिन्न स्वास्थ्य सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

रेड्क्रस जिल्ला सभापति बुद्धिप्रसाद शर्माले पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे सहित पाल्पा अस्पतालका डा. अमृत पन्थी र डा. अमोद नेपाललाई उक्त स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरे ।

स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तराण् गर्दै सभापति शर्माले सामाजिक सेवाको भावबाट अगाडि बढ्दै आएको रेड्क्रस सोसाइटीले पाल्पा अस्पतालमा उपचाररत संक्रमित र स्वास्थ्यकर्मीहरुका लागि सहज होस् भन्ने उद्देश्यले यसप्रकारको सहयोग गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कोरोना महामारीको समयमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताए । उनले यसफ्रकारको सहयोगको लागि रेड्क्रसलाई धन्यवाद दिए ।

कार्यत्रममा सहायक प्रमुख जिल्ला अधिकारी शसिधर ज्ञवाली, प्रमुख अनुसन्धान अधिकृत सन्तोष बस्नेतको पनि उपस्थिति रहेको थियो । त्यस्तै रेडक्रसको तर्फबाट उपसभापति शोभा शाक्य र कृष्णराज अधिकारी, कोषाध्यक्ष भिमसेन कार्की, सदस्य राजेन्द्र लिगल, सकुन्तला बज्राचार्ज र र बरिष्ठ कार्यकारी अधिकृत बावुराम कार्की लगायतको सहभागिता रहेको थियो ।

रेड्क्रसले पाल्पा अस्पतालका लागि २ थान अक्सिजन कन्सनटेटर, पिपिई १४ थान, मास्क २ हजार थान, एननाइन्टी फाइभ मास्क ५० थान, ग्लोब्स १ प्याकेट र डेड बढी ब्याग ४ सेट उपलब्ध गराएको हो ।

Comments
Loading...