लकडाउनमा खुरु खुरु ढाका बुन्दै भुमिसरा

0 922

वत सारु । रम्भा

पाल्पा जिल्लामा निशेधाज्ञा लागू भएको तेश्रो हप्ता चल्दैछ । निशेधाज्ञाले जनजीवन ठप्प प्राय भएको छ ।  यो समयमा अधिकांश मानिस कि त मोबाइलमा झुण्डिएका छन, कि बन्द कोठामा सुतेका छन ।

तर यति खेर निशेधाज्ञाको समयमा भुमिसरा जर्घालाई पटक्कै फुर्सद छैन । रम्भा गाउपालिका २ झर्लेङ्ग निवासी भुमिसरा जर्घालाई ढाका बुन्न भ्याइ नभ्याई छ ।  घरायसी काम सकाए पछि ढाकाको तानमा गई ढाका बुन्नु उनको दैनिकी बनेको छ ।  केही साता अघि ३५ हजार रुपियाको ढाका बेचेको जर्घाले बताइन् ।  । एक मिटरको ८ सय रुपियाँ तिरेर ढाका किन्नेहरु घरमै खोजीखोजी आउने गरेको जर्घाले बताइन् । ।  निशेधाज्ञा पछि बुनेको ढाका पनि स्थानीय बजारमा बेचेको र केही बेच्ने तयारीमा रहेको उनी बताउँछन ।  यो कोरोना महामारीको समयमा ढाका बुनाई गर्दा एक त समयको सदुपयोग हुने अर्को अन्य साथीसंग स्वतः सामाजिक दुरी कायम हुने भुमीसरा जर्घाले बताइन् ।

बिहान उठेर घरायसी काम गरि घास काटेपछि दिनभरिको बेकामे समय उनलाई ढाका बुन्नमा भ्याई नभ्याइ हुन्छ ।  आफुलाई रम्भा गाउँपालिकाले ढाका बुनाई तालिममा सहभागी गरि ढाका बुन्ने तान समेत निशूल्क उपलब्ध गराएपछि ढाका बुन्नमा मन लागेको भुमि सरा जर्घा बताउँछन् । रम्भा गाउपालिकाले महिला संजाल समिति मार्फत महिलाहरुलाई तालिम दिई उनीहरुको सीप विकास गरि आय  आर्जनमा सहयोग पु¥याएको रम्भा गाउ‘पालिकाका उपाध्यक्ष राधादेवी श्रेष्ठले बताइन् ।  । सिकेको सिप प्रयोगमा ल्याई व्यवहारमा लागू गरेकोमा आफुलाई खुशीलाई लागेको रम्भा महिला संजालका संयोजक कुविजा अर्यालले बताइन् ।

भुमिसराको बारी पनि सधैं तरकारी र फलफुलले हराभरा हुन्छ । फोक्सिङ्गकोटको झर्लेङ्गका तरकारी खेती उत्पादनमा भुमीसराको नाम जहिले पनि अगाडि नै आउँछ ।  खुर्सानी बेचेर निकै आम्दानी गरेकी जर्घा बेच्नकोलागि राम्दी बजार खुर्सानी पुरयाउने गर्छिन् ।  तरकारी उत्पादन गरेर तथा ढाका बुनाईबाट अर्जेको पैसाले आफ्ना दुई छोरालाई पढाउन जर्घालाई सजिलो भएको छ ।  यति मात्र नभई गाउमा गठन भएको लालीगुरास आमा समूहको अध्यक्ष पदमा रहेर झर्लेङ्ग गाउको विकासमा टेवा पुरयाएकी छन् । ।  नजिकै रहेको सानाहुगी माविमा कक्षा ११।१२ संचालनमा सहयोग पुरयाउन झर्लेङ्ग गाउबाट झण्डै एक लाख रुपिया समेत जर्घाकै नेतृत्वमा उठाईएको थियो ।

Comments
Loading...