लायन्स क्लबको आयोजनामा नवदुर्गा मन्दिर परिसरमा बृक्षरोपण

0 142

पाल्पा । लायन्स क्लब अफ पाल्पा विपनाको आयोजनामा तानसेन ७ सुन्दरगाउँको वंशगोपाल डाँडामा स्थापित नवदुर्गा मन्दिर परिसरमा क्लबको वार्षिक कार्यक्रम अनुसार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

क्लबका ट्रेजरर लायन रामजी नेपालको संयोजकत्व, क्लबका अध्यक्ष लायन भीम बहादुर श्रेष्ठको अध्यक्षता र डिष्ट्रिक्ट ३ सय २५ बि २ का स्ट्राटेजिक चिफ लायन सुशील प्रधान को प्रमुख आतिथ्यतामा कार्यक्रम चलेको थियो ।

अनररी एड्भाइजर प्रदेश सांसद लायन पुरनमान बज्राचार्य, अनररी एड्भाइजर लायन बुद्दि प्रसाद शर्मा विशिष्ट अतिथिको रुपमा रहेका थिए । त्यस्तै डिष्टृक्ट डेप्युटीको चिफ लायन राजेन्द्र लिगल, डिष्ट्रक्ट डिपार्टमेण्ट चिफ लायन मधु दयाल सैँजु, जोन चेयर पर्सन लायन सकुन्तला बज्राचार्य, क्लब एक्स्टेन्सन चेयर पर्सन तथा पाल्पा लायन्सका अध्यक्ष ला. शारदा नेपाल एवं लायन मोहन प्रसाद श्रेष्ठ एवम् तानसेन नपा वडा नं ७ का वडाध्यक्ष मुक्तिराम जिसी तथा वंश गोपाल क्लबका अध्यक्ष समाजसेवी युवा व्यक्तित्व प्रदीप खनाल रहेका थिए । अतिथी रही ५० वटा चाँप, धुपी, कपुरका बोट रोपी वृक्षारोपण सम्पन्न भयो ।

कार्यक्रमको सन्चालन क्लबका सेक्रेटरी लायन रवि पाण्डेले गरेका थिए । यस लायन वर्ष २०२०,०२१ का वार्षिक कार्यक्रम समेत घोषणा र पास गर्ने कार्य सम्पन्न गरेको क्लबका सेक्रेटरीले जनाए । कार्यक्रमका वक्ताहरुले लायनवादका महिमा, लायन्सले के गर्छ, यस वर्ष लायन्सका योजना केके छन् भन्ने बारे जानकारी गराएका थिए ।

Comments
Loading...