लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमा अन्र्तगतको उपचार नहुने

0 924

पाल्पा । पाल्पाको ठुलो नीजि अस्पतालको रुमपा रहेको लुम्बिनी मेडिकल कलेजले साउन ३ गते राति १२ बजेदेखि अस्पतालमा स्वास्थ्य बिमा अन्र्तगत हुने उपचार सेवा स्थगित गरेको छ । सरकारले आव २०७९, 0८० को नीति तथा कार्यक्रमबाट स्वास्थ्य वीमा कार्यक्रम सरकारी तथा सामुदायिक अस्पतालमा मात्र लागू हुने निर्णय गरेको भन्दै अस्पतालले वीमा सेवाबाट उपचार नदिने जनाएको छ । यो सँगै कलेजबाट ओपिडि, आकस्मिक तथा सबै फाँटबाट हुने स्वास्थ्य बिमा अन्र्तगतको सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्राचार्य डा. राजु शाक्यद्धारा हस्ताक्षरित एक विज्ञप्तिमा हालसम्म स्वास्थ्य वीमा कार्यक्रमबाट रेफरल बिरामीका लागि मात्र सेवा दिइरहेकोमा अबदेखि स्वास्थ्य वीमाबाट रेफर भइ आएका बिरामीलाई कुनै पनि सेवा दिन नसकिने उल्लेख छ । आगामी दिनमा नेपाल सरकारबाट निजी अस्पतालबाट समेत स्वास्थ्य वीमा कार्यक्रम लागू गर्ने भन्ने निर्देशन प्राप्त भए पुनः स्वास्थ्य वीमाका बिरामीको उपचार गर्न सकिने शाक्यद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

पाल्पामा पछिल्लो स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । बिमाको रेफर लेटर लिने बिरामीहरुका कारण पाल्पा अस्पतालमा भिडभाड बढेपछि पाल्पा अस्पतालले भने स्वयम् बिरामी नआउँदासम्म रेफर दिन नसकिने जनाएको छ । बिरामीहरु पाल्पा अस्पतालमा उपचार नगरि सामान्य बिरामी हुँदा पनि रेफर लिने गरेका कारण पाल्पा अस्पताल रेफर अस्पतालको रुपमा परिणत भएको भन्ने आलोचना भएपछि अस्पतालले पाल्पा अस्पतालबाटै हुने उपचार सोही अस्पतालबाटै गर्न थालेको छ ।

सरकारबाट पाउनु पर्ने भुक्तानी नपाएको भन्दै लुम्बिनी कलेजमा पनि यसअघि दैनिक २ सय जना बिरामीको मात्र बिमा अन्र्तगत उपचार हुँदै आएको थियो । यसकारण बिरामीहरु रातभर टिकट लिनकै लागि अस्पतालमा जाग्राम बस्न बाध्य थिए । अर्को ठुलो अस्पताल युनाइटेड अस्पतालले पनि बिरामीहरुसँग बिमा अन्र्तगतको केही रकम मात्र छुट दिई अन्य रकम उठाउँदै आएको छ ।

Comments
Loading...