विद्यार्थीलाई न्यानो लुगा तथा छात्रबृत्ति वितरण

0 142

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउपालिका वडा नं. २ फोक्सिङ्गकोटका विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई न्यानो लुगा बॉडिएको छ । फोक्सिङ्गकोटको सानाहु‘गी माध्यमिक विद्यालयमा पढ्ने २३९ जना विद्यार्थीलाई न्यु मिलेनियम स्कुल इमाडोल ४ ललितपुरका निर्देशक प्रविज्ञ रेग्मीबाट न्यानो लुगा प्रदान गर्न भएको हो ।

न्यानो लुगा पाए पछि विद्यार्थीलाई जाडोबाट छल्न सजिलो हुने सानाहुगी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सारुले बताउनु भयो । एक कार्यक्रममा निर्देशक रेग्मीले विद्यालयमा ५१ हजार ४०० रुपियाको अक्षयकोष समेत स्थापना गर्नु भएको छ । नेपालकै गनिएको नीजि विद्यालय न्यू मिलेनियम स्कुलका निर्देशक प्रविज्ञ रेग्मीले यस अगाडि सानाहु‘गी माध्यमिक विद्यालयमा कक्षा ११ संचालनमा सहयोग पु¥याउन ५१ हजार १११ रुपिया समेत प्रदान गर्नु भएको थियो ।

यस्ता सहयोगले विद्यालयमा पढ्ने र पढाउने सबैको मनोबल बढेको रम्भा गाउ‘कार्यपालिका सदस्य भोवीसरा सारुले बताउनु भयो । यसै गरि फोक्सिङ्गकोटको माइस्थान प्रावि गाबुडॉडामा समेत रेग्मीले १ लाख १ हजार ५०० रुपियाको अक्षयकोष स्थापना गर्नु भएको छ । गरिब तथा असहाय विद्यार्थीको कल्याण होस भनेर आफुले अक्षयकोष स्थापना गर्न चाहेको उहॉले बताउनु भयो ।

माइस्थान प्राविमा पढ्ने ४९ जना विद्यार्थीलाई समेत न्यानो लुगा प्रदान गरिएको प्रधानाध्यापक तोलीसरा गाहाले बताउनु भयो । न्यू मिलेनियम स्कुल ललितपुरका निर्देशक प्रविज्ञ रेग्मी रम्भा गाउ‘पालिका १ हुगी मूल घर भई काठमाण्डौ बस्नु हुन्छ । उहॉले हुगीको कृष्णगडकी माविमा समेत ठूलो अक्षयकोष स्थापना गर्नु भएको छ ।

Comments
Loading...