विप्लव निकट युवा संगठन पाल्पाको अध्यक्षमा सारु

0 279

पाल्पा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल पाल्पाको चौथो जिल्ला सम्मेलन तानसेनमा सम्पन्न भएको छ ।

‘वैदेशिक हस्तक्षेप र फाँसिवादी प्रतिवन्धको विरुद्ध युवा आन्दोलन, वैज्ञानिक समाजवाद र सुदृढ संगठनका लागि चौथो जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ सम्पन्न भएको जिल्ला सम्मेलनले लिला सारुको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गरेको छ । जिल्ला सम्मेलनमा प्रमुख आतिथि युवा संगठन नेपालका केन्द्रिय महासचिव सागर पुन, विशिष्ट अतिथि पाल्पा जिल्ला ईन्चार्ज पूर्ण सिंह, त्यसैगरी अतिथिहरु युवा संगठन लुम्विनी ब्युरो संयोजक क. विश्लेषण, अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो संयोजक विरेन्द्र बि.क. लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनमा केन्द्रिय महासचिव पुनले युवाहरुलाई देश परिवर्तनका निम्ति अन्तिम पटक क्रान्तिमा सहभागी हुनका निम्ति आव्हान गरे । त्यस्तै जिल्ला ईन्चार्ज सिंहले देशमा विद्यमान दलाल संसदीय व्यवस्थाको खारेजी र त्यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनाका निम्ति एकीकृत जनक्रान्तिमा लामबद्ध हुन युवाहरुलाई आग्रह गरे । साथै युवाका व्युरो संयोजक क. विश्लेषण र विद्यार्थी व्युरो संयोजक विरेन्द्र विकले देशमा मौलाईरहेको भ्रष्टाचार, कालोबजारी, महंगी, कर, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा भईरहेको व्यापार, वैदेशिक हस्तक्षेप, एमसिसि जस्ता विकराल समस्याहरुको विरुद्धमा उत्रिन युवाहरुलाई अपिल गरे । सम्मेलनमा जिल्लाको विभिन्न स्थानबाट करिव ५० जना युवाहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...