शिक्षकहरु खोपबाट बञ्चित भएपछि पाल्पाका सबै शैक्षिक क्रियाकलाप बन्दको घोषणा

0 641

पाल्पा । पटक पटक ध्यानाकर्षण गराउँदा पनि शिक्षकहरुलाई कोरोना बिरुद्धको खोप लगाउने बिषयमा सरोकारवालाको ध्यान नगएपछि पाल्पाका शिक्षकहरुले बिहीवारबाट सबै शैक्षिक क्रियाकलाप बन्दको घोषणा गरेका छन् ।

संयुक्त शिक्षक संघर्ष समिति पाल्पाले साउन १४ गते बिहीबारबाट जिल्लाभरका शैक्षिक संस्थामा सञ्चालन भइरहेको सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको समितिले जनाएको छ । संयुक्त संघर्ष समितिको बुधवार बसेको बैठकपछि एकप्रेस बिज्ञप्ति जारी गर्दै जिल्ला भरका ५ हजार ७ सय ३१ जना शिक्षकहरुलाई कोरोना बिरुद्धको खोप उपलब्ध नहुँदासम्म पठनपाठनका सबै कृयाकलाप बन्द गर्ने निर्णय भएको बताइएको छ ।

समितिले शिक्षकहरुले खोप नलगाउँदासम्म राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षा र विद्यालयलले सञ्चालन गर्ने कक्षा ११ को परीक्षामा समेत सहभागी नहुने निर्णय गरी जिल्लाभरका विद्यायहरुलाई पत्राचार गरेको छ ।

नेपाल शिक्षक महासंघकी अध्यक्ष धनकला गाहा, नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश समिति अध्यक्ष विष्णु पोखरेल, नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेश समिति सदस्य सुरेशप्रसाद गौतम र बिजयबहादुर बुढाथोकी, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष रामप्रसाद ढकाल, नेपाल शिक्षक संघ पाल्पाका उपाध्यक्ष शारदा पाण्डे, ए.अ.ने. शिक्षक संगठन पाल्पाका सहसचिव कपिल कुँवर, प्यावसन पाल्पाका उपाध्यक्ष महेशमान बज्राचार्य, नेपाल राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष जीवन प्रकाश नेपाल, अ.न.शिक्षक संघ पाल्पाका अध्यक्ष निरबहादुर काम्मुद्धारा हस्ताक्षरित बिज्ञप्ति तथा जानकारीपत्र मार्फत उक्त घोषणा गरिएको हो ।

शिक्षक महासंको बैठकले बुधवार जिल्ला प्रशासन कार्यालयमा खोपको माग गर्दै ज्ञापन पत्र बुझाइ धर्ना समेत दिएको छ । यस्तै जिल्लाका बिभिन्न स्थानीय तहहरुमा पनि शिक्षकहरुले तत्काल खोप प्रवन्ध गर्न माग गरेका छन् ।

Comments
Loading...