शैलुनमा जमेका पाल्पा बगनासकालीका २ युवा

0 531

पाल्पा ।  हेयर कटिङ सिप सिकेर आफ्नै ठाउँमा २ युवाले शैलुन व्यावसाय सञ्चालन गर्दै आएका छन् । बगनासकाली गाउँपालिका वडा नं. ३ नायरका दुई जना युवाले आर्यभञ्ज्याङ बजारमा छट्टा छट्टै शैलुन सञ्चालन गर्दै आएका छन् । १ वर्ष अघि बगनासकाली गाउँपालिकाको सहयोगमा तानसेन स्थित शिव इन्टिच्युट आफ मल्टिटेक्निकल इनिष्टच्युट बाट १ महिने तालिम लिएका २७ वर्षीय टोप बहादुर दर्लामी र २६ वर्षीय बिराज गाहाले यो ब्यवसाय मार्फत राम्रो आम्दानी समेत लिदै आउनुभएको छ ।

एसएलसी सम्म पढेर गाउँमा त्यत्तिकै बसिरहेका बेला उक्त तालिम खुलेको थाहा पाएपछि आफु तालिम सहभागी भई १ महिनासम्म तालिम लिई गाउँ फर्केर आर्यभञ्ज्यांग बजारमा सटर भाडामा दिई यो व्यवासाय गर्दै आएको बिराजले बताउनुभयो । आफुले सिप सिकेर नेपालमै आफ्नो सिप प्रयोग गर्नुपर्छ भनेर मासिक ३ हजार रुपैयाँमा सटर भाडामा लिई कपाल काट्ने काम गर्दै आएको उहाँले बताउनुभयो ।
सिप हुने हो भने पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने रहेनछ । शैलुन सुरु गरेको झण्डै १ वर्ष भइसकेको छ यो बीचमा म खुशी छु । उहाँले भन्नुभयो । दैनिक १० देखि १५ जनासम्मको कपाल काट्ने काम गर्दै आएको बताउँदै बिराजले भन्नुभयो, सानो लगानीमा राम्रो आम्दानी लिन सकिने यो राम्रो व्यवासाय रहेछ । ४० हजार रुपैयाँको लगानीमा उहाँले यो काम सुरु गर्नुभएको हो । शैलुन ब्यवसायबाटै मासिक ४० हजारसम्म आम्दानी लिन सकिएको उहाँले बताउनुभयो । आफु अव पैसा कमाउनका लागि अन्यत्र पनि नजाने र यही पेशा नै गरिरहने सोच बनाएको बिराजले बताउनुभयो ।

अर्का व्यवासायी टोप बहादुर दर्लामीले पनि आर्यभञ्ज्याङ बजारमै मासिक २ हजार तिर्ने गरि सटर भाडामा लिएर शैलन सञ्चालन गर्दै आउनुभएको छ । दर्लामीले आफुसँग भएको सिप आफ्नै गाउँ ठाउँमा प्रयोग गरेर उद्यमशील हुन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले पनि दैनिक १० देखि १५ जनासम्म जनाको हेयर कटिंगको काम गर्र्दै आएको बताउनुभयो ।

बगनासकाली गाउँपालिका वडा नं. ३ नायरनम्तलेसका अध्यक्ष टिका बहादुर थापाले युवाहरुले आफुहरुसँग भएको सिपलाई गाउँ ठाउँमै पनि उपयोग गरेर राम्रो आम्दानी लिन सकिन्छ भन्ने कुराको राम्रो उदाहरण दुई जना भाईहरु पेश गरेको बताउनुभयो । बगनासकाली गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका थापाले अन्य युवाहरुको लागि पनि माग बमोजिम तालिम सञ्चालन गरि उनीहरुलाई स्वरोजगार बनाउने बिषयमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नेकपा एमाले नेता एवम् समाजसेवी मोहन थापा मगरले शैलुन तालिम खुल्दैछ भन्ने थाहा पाएपछि आफुले पहल गरेर यी युवाहरुलाई तालिममा पठाएको अहिले तालिम सकिएर फर्कने बित्तिकै आफ्नै ठाउँमा यसरी ब्यवासाय सुरु गर्दा आफुलाई पनि खुशी लागेको बताउनुभयो ।

युवाहरुलाई व्यवसायिक तथा प्राविधिक सिप सिकाउँदै आएको शिव इन्टिच्युट आफ मल्टिटेक्निकल इनिष्टच्युट तानसेनका निर्देशक कमल भट्टराईले युवाहरुले यसरी सिप सिकेर आफ्नै गाउँ ठाउँमा सिपको उपयोग गर्नु राम्रो बिषय भएको बताउनुभयो । उहाँले पछिल्लो समय धेरै युवाहरुले प्राविधिक सिप सिकेर स्वरोजगार बन्ने क्रम बढ्दै गएको बताउनुभयो ।

Comments
Loading...