शोभा कडरिया कोइरालाका ३ मुक्तक

0 299


गाउँका खेतबारी बाझै राखि बेहाल बनायौं
छैन जागर काममा कछुवाको चाल बनायौं
आफ्नै अगाडी उडेरहेको पैसा टिप्न नजानेर
जानि जानि आफैलाई अनिकाल बनायौं

मन रुदाँ पनि आखा ओभानो बनेर बस्छ
ओठको मुस्कानले दिलको चोट गनेर बस्छ
पानी जस्तै पिउनु पर्छ सुख होस् या दुखलाई
उतारचढाव जिन्दगी नै प्रारब्ध कर्म भनेर बस्छ


भित्र भित्रै विचार खटपटिएझैं लाग्छ जीवन
अभावको भुमरीमा लटपटिएझैं लाग्छ जीवन
मन स्तब्ध छ शरिर जतिनै नाचे पनि
सुख्खा पोखरीको माछा जस्तै छटपटीएझैं लाग्छ जीवन

माथागढी २ रुप्से पाल्पा

Comments
Loading...