सांसद आचार्यद्धारा कोरोना बिरुद्धको कोषमा ३ लाख उपलब्ध गराउने घोषणा

0 610

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी पाल्पा जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले कोरोना संक्रमण (कोभिड(१९) विरुद्धको अभियानमा पाल्पाका स्थानीय तहलाई ३ लाख रुपैँया उपलब्ध गराउने बताएका छन् ।


स्थानीय तहले कोरोना रोकथामका लागि गरेका कामको अनुगमन र जनतासँग १ चरणको भेटघाटपछि जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्यसमेत रहेका आचार्यले कोरोना रोकथाम र नियन्त्रणका लागि आफूले व्यक्तिगत तर्फबाट जिल्लाका १० वटै स्थानीय तहलाई ३०, ३० हजार गरि ३ लाख रुपैंया प्रदान गर्ने बताएका हुन् ।


अध्यक्ष आचार्यले राजनीतिक क्षेत्रमा लागेपछि आफूले निस्वार्थ जनताको सेवा गरेको र यो संकटका बेलामा आफूले पाउने सेवा सुविधा पनि जनताकै हितमा खर्च गर्नु उपयुक्त लागेको बताएका थिए ।

Comments
Loading...