सातौ उद्योग दिवसको अवसरमा उद्यमी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

0 115

पाल्पा । सातौ उद्योग दिवसको अवसरमा उद्यमी अन्र्तक्रिया कार्यक्रम बिहीवार तानसेनमा सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना र पाल्पा उद्योग बाणिज्य संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ पाल्पाको समन्वयमा कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत देवीराम भण्डारीले कार्यालय मार्फत आर्थिक बर्ष २०७७।०७८ मा भएका कार्यप्रगतिहरुबारे जानकारी गराउनुभएको थियो । उहाँले आर्थिक बर्ष २०७७।०७८ मा उद्योगतर्फ ६१९, बाणिज्यतर्फ ३८८ गरि जम्मा १ हजार ७ वटा नयाँ उद्योग दर्ता भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष राजु महर्जनले सरकारले उद्यमीहरुको प्रवर्धनका लागि बिशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले कोभिडको समयमा कतिपय उद्यमीहरुको उद्योग सहित रुपमा चल्न नसकेकोले कर तथा नविकरण लगायतमा सरकारले प्रोत्साहनको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत यज्ञश्वर पन्थी, ब्यापर संघ कार्यसमिति सदस्य कपिल कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, पाल्पाली ढाका संघ अध्यक्ष पुर्ण माया महर्जन, नेपाल घरेलु तथा साना उद्योग महासंघ पाल्पाका अध्यक्ष हरिकृष्ण केसी, पाल्पा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हरि रायमाझी लगायतले आआफ्नो धारणा राख्नुभएको थियो । वक्ताहरुले लोप हुने अवस्थामा रहेको पाल्पाली ढाका उद्योगको प्रवर्धन, पाल्पालाी ढाको माग बमोजिमको उत्पादन सहित अन्य घरेलु तथा साना उद्योगहरुको प्रवर्धनमा सरकारले खास ध्यान दिनुपर्नेमा जोड
दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत थमन बहादुर सारुको स्वागत, उद्यम बिकास सहजकर्ता मनोज घिमिरेको सञ्चालन र उद्योग अधिकृत देवीराम भण्डारीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

Comments
Loading...