सानाहुँगी माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव सम्पन्न

0 154

पाल्पा । सानाहुँगी माध्यमिक विद्यालयले ६६ औं वार्षिकोत्सव मनाएको छ । यही कार्तिक १२ गते शुक्रवारका दिन विद्यालयले एक कार्यक्रम गरि अभिभावक दिवस, वार्षिकोत्सव, शिक्षक विदाई तथा पुरस्कार वितरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यष विष्णुप्रसाद भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो । रम्भा गाउ‘पालिका वडा नं. २ फोक्सिङ्गकोटका अध्यक्ष उमानसिं सारु, कार्यपालिका सदस्य भोविसरा सारु तथा सरस्वती विक समेतको उपस्थिती रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवतकुमार थापाले विद्यालयको आर्थिक, शैक्षिक, भौतिक प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शिक्षक शोभा सारुले स्वागत गर्नु भएको थियो । शिक्षक कृष्ण पन्थीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

विद्यालयका प्रधानाध्यापक एवतकुमार थापाले ७७ लाख ४२ हजार ५१६ रुपिया बराबरको वार्षिक आम्दानी खर्च विवरण प्रस्तुत गर्नु भयो । कोरोना महामारीको कारण झण्डै २ वर्ष देखि औपचारिक कार्यक्रम हुन सकेको थिएन । कार्यक्रममा विद्यार्थी तथा सौभाग्य कलाकेन्द्र तानसेनका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, प्रधानाध्यापक, अतिथिहरुले कक्षा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ३२ जना विद्यार्थीलाई प्रमुख अतिथि र अन्य अतिथिहरुले टीका र माला लगाएर स्वागत गर्नु भएको थियो । फोक्सिङ्गकोट क्षेत्रमै पहिलो पटक विद्यालयमा कक्षा ११ को पढाई शुरुभएकोमा धेरै मानिस खुशी भएका थिए ।

कार्यक्रममा प्रधानाध्यापक एवतकुमार थापा, उहॉका पिता रामबहादुर सारु तथा बुहारी ममता सारुले परिवारको तर्फबाट कक्षा ११ संचालनमा सहयोग गर्न १ लाख ५० हजार रुपिया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सारुलाई प्रदान गर्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सारुले पनि प्रधानाध्यापक एवतकुमार थापालाई कक्षा ११ संचालनमा सहयोग गर्न १ लाख ५ हजार १०१ रुपिया प्रदान गर्नु भयो ।

यसै गरि शिक्षकहरु देवेन्द्र सारु तथा हुमासरा सारुले २५ हजार रुपिया, टानीसरा थापाले ३१ हजार १०५ रुपिया, शोभा सारुले २० हजार रुपिया प्रदान गर्नु भएको थियो । यसै गरि स्थानीय रानीबासका सम्झना सारु तथा झर्लेङ्गका नरबहादुर सारुले कक्षा ११ संचालनमा सहयोग गर्न रकम प्रदान गर्नु भएको थियो । कार्यक्रममा सेवानिवृत्त शिक्षकहरुलाई विदाई गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सारुको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...