सिद्धबाबा भिरबाट मोटरसाइकल खस्यो, २ जना गम्भीर घाइते

0 7,654

पाल्पा । पाल्पाबाट बुटवल तर्फ जादै गरेको लु ९ प ७१५६ नम्बरको मोटरसाइकल तिनाउँ गाउँपालिकाको वडा नं. ३ माथिल्लो सिद्धबाबा नजिकै शनिवार साँझ ७ बजेतिर दुर्घटनामा परेको छ ।

सडक देखि २ सय मिटर तल खस्दा मोटराइकल चालक बगनासकाली गाउँपालिका वडा नं. ४ खानीछाँपका २९ वर्षीय रुक बहादुर हिस्की र मोटरसाइकलको पछाडी सवार तिनाउँ गाउँपालिका ३ का १८ बर्षीय दान बहादुर लम्तरी गम्भीर घाइते भएका छन् । यो समाचार तयार पार्दासम्म उनीहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सांकतिक तस्बिर

Comments
Loading...