सिद्धार्थ राजमार्ग दैनिक ४ घण्टा बन्द

0 595

पाल्पा । पाल्पा बुटवल सडक खण्ड अन्र्तगतको सिद्धार्थ राजमार्ग दैनिक ४ घण्टा बन्द हुने भएको छ । झुम्सा दोभान सडकखण्ड कालोपत्रे गर्नका लागि सडक अबरूद्ध हुने सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले बताए ।

राजमार्गको यहि मंसिर १४ गतेदेखि मंसिर १८ गतेसम्म बिहान साढे १० बजेबाट दिउसो साढे १२ बजे सम्म र दिउसो २ बजेबाट ४ बजे सम्म सडक बन्द रहने उनले बताए ।

Comments
Loading...