रिमिघा प्रवेशद्धार बन्दैछ सेल्फी डाँडा

0 2,640

एवत सारु । पाल्पा
हिजो आज जो कोही फोक्सिङ्गकोटको टिमुरडॉडा पुगेपछि मोबाइल निकाली सेल्फी खिच्न थालेको दृश्य देख्न पाईन्छ । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित रम्भादेवी मन्दिरदेखि झण्डै ५ किलोमिटर उत्तरतर्फ झोकेदी गाउ‘ नजिकै रिमीघा लेक रहेको छ । रिमीघा लेकको प्रवेश द्वारलाई टिमुरडॉडाको नामबाट चिनिन्छ ।

रम्भा गाउ‘पालिकाले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न हरेक वर्ष बजेट विनियोजन गरि यसको पूर्वाधार विकास गरिरहेको छ । गएको वर्ष रम्भा गाउ‘पालिकाले ५० लाख रुपिया बजेट विनियोजन गरेको थियो । उक्त बजटबाट टिमुरडॉडामा २५ लाख रुपियाको प्रवेश द्वार, विश्राम स्थल, रेलिङ्ग निर्माण गरिएको छ भने २५ लाख रुपियाको पिपलडॉडाको गरुङ्गामा प्रवेश द्वार निर्माण गरिएको छ । गण्डकी प्रदेश, फोक्सिङ्गकोट, देवीनगर, झडेवा हु‘दै खैरेनी जोड्ने बाटोमा पर्ने टिमुरडॉडामा गेट, विश्राम स्थल, रेलिङ्ग बनेपछि गाडी बिसाएर सेल्फी खिच्नेहरुको निकै घुइचो लाग्ने गरेको छ । गएको वर्ष रम्भा गाउपालिकाको २५ लाख रुपिया, पर्यटन डिभिजन कार्यालय भैरहवाको ८ लाख रुपिया तथा स्थानीय झोकेदी गाउ‘का गाउ‘लेहरुले श्रमदान दिएर प्रवेश द्वार, रेलिङ्ग सहितको पैदल मार्ग, विश्राम स्थल निर्माण गरिएको वडा सदस्य चेतबहादुर सुनारीले बताउनु भयो । १४ फिट उचाई र १७ फिट चौडाई भएको गेट बनेपछि यसको सुन्दरता अझ थपिएको छ । अढाइ मिटर चौडाई भएको पैदलमार्गमा दुवै तर्फ स्टिल रेलिङ्गले बारेपछि सुरक्षा र सुन्तरता थपिएको छ । पैदल मार्गको लम्बाई झण्डै ३०० मिटर रहेको छ ।

रम्भा गाउ‘पालिकाले पर्यटन विकासको लागि रिमिघा लेक विकासलाई उच्च प्राथमिकता दिएको रम्भा गाउपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो । चालु वर्ष पनि रिमिघा लेकमा पैदल मार्ग निर्माण, विश्राम स्थल निर्माण, मैदान निर्माण गर्न बजेट विनियोजन गरिएको अध्यक्ष भण्डारीले बताउनु भयो । गाउ‘पालिकाले ताहु‘को राना टोल होमस्टे, रम्भादेवी मन्दिर, फोक्सिङ्गकोटको झोकदीको लुप्च पोखरा, रिमीघा लेक, रानीबासको मगर संस्कृति, हु‘गीको कालीगण्डकी जलमार्ग, हुमीनको रैया गाउ‘ लगायतका क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले कार्य योजना निर्माण गरि कार्यान्वयन गरि रहेको अध्यक्ष भण्डारीले बताउनु भयो ।

रिमीघा लेकको प्रवेश द्वार बनाउन स्थानीयवासीको उत्साहजनक सहभागीता रहेकोले सोचे भन्दा धेरै काम गर्न सकिएको स्थानीय नारायण मश्राङ्गीले बताउनु भयो । झोकेदीको लुप्च पोखरामा खेलमैदान निर्माण तथा अन्य पूर्वाधार विकास तथा रिमीघा लेकको विकास गर्न सके पर्यटन क्षेत्रबाट यस भेगका वासिन्दाको आर्थिक उन्नयन हुन सक्ने वडा सदस्य चेतबहादुर सुनारीले बताउनु भयो । फोक्सिङ्गकोटका वडा अध्यक्ष उमानसिं सारुले आफुहरुले पर्यटन विकास गर्न फोक्सिङ्गकोटको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्षको विकास गर्न लागि परेको बताउनु भयो ।

बुटवल खैरेनी झडेवा हुदै गण्डकी प्रदेश जोडने मोटरबाटोमा पर्ने टिमुरडाडामा आए पछि जो सुकै केही समय थकाई मार्दै प्राकृतिक अवलोकन गर्ने गर्दछन् । उत्तर तर्फको सेताम्मे हिमाल, कालीगण्डकीको दृश्यका साथै वनजंगल, गुल्मी, स्याङ्गजा, पर्वत लगायतका क्षेत्रहरु अवलोकन गर्न सकिन्छ । यसै गरि दक्षिण तर्फ हेर्दा एकैनजरमा हात्तीलेक, रम्भादेवी मन्दिर, अंगाहाखोला फॉटका मनोरम दृश्यहरु हेर्न सकिन्छ ।

Comments
Loading...