स्वः पाण्डेय र स्वः बस्यालको स्मृतिमा शोकसभा

0 409

पाल्पा । नेकपा (एमाले) बगनासकाली गाउँ कमिटीको आयोजनामा बगनासकाली गाउँपालिका वडा नं ६ यम्घा निवासी स्व.बुद्धराज पाण्डेय र स्व.टुकराज बस्यालको स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।

स्वः पाण्डेयको पाँचौ दिनको पुण्य तिथी र स्वः बस्यालको आठौ दिनको पुण्य तिथीको दिन बिहीवार यम्घा स्थित उहाँहरुकै घरमा पुगेर शोकसभा गरिएको हो । शोक मन्तब्य राख्दै नेकपा एमाले पाल्पाका अध्यक्ष एवम् प्रदेश सांसद नारायण आचार्यले उहाँहरुले सामाजिक राजनीतिक क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो । सांसद आचार्यले असल अभिभावकत्व प्रदान गरि आफ्ना सन्ततीहरुलाई असल मार्गमा लगाउनुहुने स्वः पाण्डेय र बस्यालको योगदान महत्वपुर्ण रहेको र उहाँहरु पार्टी र समाजको नजरमा अविस्मरणीय रहने बताउनुभयो ।

एमाले प्रदेश कमिटि सदस्य देबी प्रसाद बस्यालले यम्घाको राजनीतिक चेतना बिस्तार र पार्टीको हरेक आरोह अवरोहमा स्वः दुबै जना बुवाहरु अविचलित भई लाग्नुभएको बताउनुभयो । एमाले बगनासकाली गाउँ कमिटि अध्यक्ष हरिप्रसाद पाठक, बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामी, एमाले बगनासकाली गाउँ कमिटि सचिव ओमप्रकाश गैरे लगायतले उहाँहरुको जीवनी र पार्टी प्रतिको भुमिकाको चर्चा गर्नुभएको थियो ।

शोकसभा कार्यक्रममा एमाले जिल्ला कमिटि उपाध्यक्ष मोहन थापा मगर, वडा नं. ३ का अध्यक्ष टिका बहादुर थापा सहित एमालेका जिल्ला, पालिका र वडा तहका बिभिन्न कमिटिहरुमा आवद्ध नेताहरु तथा जनप्रतिनिधि र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

Comments
Loading...