स्वः बुद्धिराज तिमिल्सिनाको स्मृतिमा शोक सभा सम्पन्न

0 1,260

पाल्पा । नेपाल कम्युष्टि पार्टी एमालेका साधारण सदस्य बगनासकाली गाउँपालिका–९ चापपानी निवासी स्वः बुद्धिराज तिमिल्सिनाको सातौ दिनको पुण्य तिथीका दिन एमाले पाल्पाले शोकसभा गरेको छ । ४८ बर्षीय तिमिल्सिनाको उपचारको क्रममा साउन २८ गते युनाईटेड मिसन अस्पतालमा निधन भएको थियो । उहाँको निधनप्रति दुख ब्यक्त गर्दै पार्टीले शोकसभाको आयोजना गरेको हो ।

शोक मन्त्ब्य राख्दै एमाले केन्द्रीय निकाय सदस्य धनेन्द्रराज घिमिरेले स्वः तिमिल्सिनाले आफ्नो हरेक समय सामाजिक बिकास र पार्टीको हितमा समर्पण गरेको बताउनुभयो । तिमिल्सिनाको अल्पायुमै भएकोले निधनले पार्टी र सिंगो समाजलाई नै अपुरणीय क्षति पुगेको बताउँदै घिमिरेले शोक सन्तप्त परिवारजनमा धैर्यधारणको कामना समेत गर्नुभयो ।

एमाले बगनासकाली गाउँ कमिटि अध्यक्ष हरिप्रसाद पाठकले जुझारु युवा तिमिल्सिनाको निधनले सिंगो समाज नै स्तब्ध भएको बताउनुभयो । बगनासकाली गाउँपालिका वडा नं. ३ का अध्यक्ष टिका बहादुर थापा, गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिना, एमाले पाल्पाका पुर्व सल्लाहकार रणप्रताप खाँण, एमाले गाउँ कमिटि अध्यक्ष मुक्तिराम तिमिल्सिना लगायतले स्वः तिमिल्सिनाको सामाजिक जीवनशैलीबारे चर्चा गर्नुभएको थियो ।

Comments
Loading...