स्वास्थ्य क्षेत्रमा बगनासकालीको सराहनीय पहल, खानीगाउँमा पनि बर्थिङ सेन्टर शुभारम्भ

0 519

पाल्पा । बगनासकाली गाउँपालिका ७ खानीगाउँ स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी सेवा (बर्थिङ सेन्टर) सुरु भएको छ । बर्थिङ सेन्टरको शुभारम्भ गर्दै बगानसकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य अधिकार सुरक्षाका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले गत बर्षसम्म पनि सानो भवनबाट सञ्चालन भइरहेको यो स्वास्थ्य चौकीको भवनलाई स्थानान्तरण सहित थप पायक पर्ने स्थानमा ब्यवस्थित भवनबाट यसरी सुरक्षित सुत्केरी दिन दिन सकिएको बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी दर्लामीले यस क्षेत्रका महिलाहरुले सुरक्षित रुपमा सुत्केरी सेवा लिनका लागि यो बर्थिङ सेन्टर सहयोगी बन्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्ती, नेकपा एमाले बगनासकाली गाउँ कमिटिका अध्यक्ष हरिप्रसाद पाठक, महिला स्वास्थ्य स्वयम्सेविका कुमारी बुढाथोकीले बर्थिङ सेन्टर सञ्चालन भएपछि अव स्थानीय महिलाहरु नियमित गर्भपरीक्षण र सुत्केरी सोव लिनका लागि सदरमुकाम वा अन्य ठाउँमा जानुपर्ने समस्या समाधान हुने बताउनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मणिराम अधिकारीले यो सँगै पालिकाका ४ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित सुत्केरी सेवा प्रवाह भएको बताउनुभयो । खानीछाप, चापपानी, नायर र खानीगाउँ स्वास्थ्य चौकीमा सेवा सञ्चालन भएको र छिटै यम्घा, दर्पुक र दर्लमडाँडामा पनि बर्थिङ सेन्टर सञ्चालनको तयारी भएको बताउनुभयो ।

स्वास्थ्य चौकी प्रमुख जीवलाल बस्यालले स्वास्थ्य चौकी स्थापनाको समयदेखि अहिलेसम्मको अवस्था, सेवा प्रवाह लगायतको बिषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी सम्बन्धी तालिम प्राप्त नर्सले २४ घण्टा नै सेवा प्रदान गर्नेछन् । स्वास्थ्य चौकीकी अनमी पुजा जिसीको स्वागत, सिअहेव सिता खातीको सञ्चालन र कार्यबाहक वडाअध्यक्ष रिता भट्टराइको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

Comments
Loading...