हराएको अर्को दिन पाल्पा लघुवाका धन बहादुर मृत फेला

0 1,768

पाल्पा । हराएको अर्को दिन पाल्पा लघुवाका धन बहादुर कुँवर मृत फेला पर्नुभएको छ । बुधवार दिउँसो घरमा समेत थाहा नदिई हिड्नुभएका रिब्दीकोट गाउँपालिका– २ लघुवाका ६५ वर्षीय धन बहादुर कुँवर बिहीबार दिउसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएस्पी रामेश्वर त्वातीले हराएको २४ घण्टापछि खोजतलास गर्दा कुवंर मृत अवस्थामा फेला परेको बताउनुभयो । कुँवरको लघुवास्थित काहुले खाला भन्ने स्थानमा शव फेला परेको उहाँले बताउनुभयो ।
घरबाट हिड्नुभएका उहाँ बुधवार बेलुकासम्म घर नफर्कीपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए ।

परिवारको निवेदनको आधारमा उहाँलाई खोजी गर्ने क्रममा मृत भेटिएको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...