हाम्रो तानसेन बुलेटिनको चर्चा तथा लेखक पत्रकार सम्मानित

0 219

पाल्पा । तानसेन नगरपालिकाको नियमित त्रैमासिक बुलेटिन ‘हाम्रो तानसेन’ को चर्चा तथा बुलेटिनको पुर्णाकं ६(बिशेषांक) का लेखक,पत्रकारलाई सम्मान कार्यक्रम सम्पन्न भएको ।
तानसेन नगरपालिकाको पछिल्लो त्रैमासिक प्रकाशन पुर्णाकं ६ मा आफ्नो लेख,रचना,गतिविधि प्रदान गरेर सहयोग गर्ने लेखक र पत्रकारलाई एक कार्यक्रमका बिच सम्मान गरेको हो ।

कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले तानसेन नगरपालिकामा भएका गतिविधिलाई जनता सामु पु्याउने माध्य नै हाम्रो तानसेन बुलेटिन रहेको बताउदै प्रकाशनलाई जनताको हात हातमा पुर्याउने बिश्वास दिलाए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले समावेशी तबरको गतिविधिको प्रकाशनले यसलाई थप ओझिलो बनाएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, बरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघका पुर्व अध्यक्ष झपेन्द गहिरे, नगरपालिकाका प्रवक्ता दामोदर प्रसाद घिमिरे, कार्यपालिका सदस्य दिपक विक एवं लेखकहरुले हाम्रो तानसेन त्रैमासिकलाई थप विस्तार गरि राम्रा र सुधार गर्नु पर्ने सबै पक्षलाई समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा हाम्रो तानसेन बुलेटिनको अंक ६ मा आफ्नो लेख प्रदान गरि सहयोग गर्ने पत्रकार र लेखकलाई प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रम तानसेन नगरपालिकाका प्रेस सल्लाहकार तथा हाम्रो तानसेन बुलेटिनका सम्पादक गोविन्द भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments
Loading...