हेफरद्धारा तिनाउँको कोभिड कोषमा १५ लाख हस्तान्तरण

0 352

विष्णु प्रसाद पाण्डे । पाल्पा

हेफर ईन्टरनेशनल नेपालले तिनाउ गाउँपालिकालाई रु १५ लाख कोभिड राहत कोषका लागि सहयोग स्वरुप हस्तान्तरण गरेको छ । स्थानीय साझेदार संस्था सामाजिक श्रोत विकास केन्द्र नेपाल मार्फत राहत कोष हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी तथा हेफर ईन्टरनेशन नेपालका कार्यक्रम प्रवन्धक अनन्तराज सिलवालले १५ लाख रुपैयाको चेक हस्तान्तरण गर्दै कोभिड १९ को महामारीबाट आक्रान्त बनेको अवस्थामा पालिका मार्फत सञ्चालन गरिएका राहतका कार्यक्रममा साझेदारी गर्न हेफरले सहयोग गरेको बताए । सिलवालले हेफर ईन्टरनेशनल नेपालले पाल्पा जिल्लाका सवै स्थानीय तहहरुका लागि प्राथमिकताको आधारमा राहत स्वरुप रु १ करोड ४९ लाख सहयोग गर्ने भन्दै यसको शुरुवात तिनाउ गाउँपालिकाबाट भएको बताए ।साथै यस महामारीको समयमा घरमै सुरक्षित वस्न र अत्यावश्यक काममा बाहिर जानै पर्ने भएका सुरक्षाका सवै माप दण्डपालना गर्न समेत उनले आग्रह गरे ।

तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुन्दर श्रेष्ठले गाउँपालिकामा ६ सय जनाको कोभिड परीक्षण गर्दा २८५ जनामा पोजेटिभ देखिएको अवस्थामा हेफर ईन्टरनेशनल नेपालले राहत स्वरुप उपलव्ध गराएको १५ लाख रुपैयाले ठुलो सहयोग पुग्ने वताए । गाउँपालिकाको पहलमा २२ बेडको क्वारेन्टिनतथा १० बेडको अस्पताल बनाई सेवा प्रवाह गर्दै आएको र बजेट कमी हुँदै गएको अवस्थामा हेफर ईन्टरनेशनल नेपालले गरेको सहयोगले हौसला थपिएको भन्दै सहयोगि संस्था हेफर ईन्टरनेशन नेपाल र सामाजिक श्रोत विकास केन्द्र नेपाललाई धन्यबाद दिए ।

तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले गाउँपालिकाको पहलमा ७०० थान कोभिड परीक्षण किट खरिद गरी कोरोना परीक्षण गर्दै आएको, क्वारेन्टिन र कोभिड विशेष अस्पतालबाट निरन्तर सेवाप्रवाह गर्दै आएको, राहतका कार्यक्रमलाई पारदर्शी र प्रभावकारी बनाउदै आएको तथा अक्सिजन सिलिन्डर खरिद गर्ने प्रक्रिया रहेको बेला हेफर ईन्टरनेशन नेपालबाट प्राप्त १५ लाख रुपैयाको सहयोगले गाउँपालिकाको अभियानलाई निरन्तरता र थपप्रभावकारी दिन सहयोग पुग्ने बताउदै सहयोगि संस्थाप्रति आभार व्यक्त गरे ।

तिनाउ गाउँकार्यपालिकाका पदाधिकारीहरुको उपस्थितीमा सञ्चालन गरिएको थियो । सामाजिक श्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीले उद्देश्य माथी प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक शिव न्यौपानेले गरेका थिए ।

Comments
Loading...