२ सय २ बर्षदेखिको उत्साहलाई रोक्यो कोरोनाले

0 631

पाल्पा । पश्चिम नेपालकै सवै भन्दा ठूलो जात्राको रुपमा परिचित पाल्पाको भगवती जात्रा यस पटक औपचारिकतामा मात्रै सीमित भयो । श्री ७ रणउजिश्वरी भगवतीको २०२ औ रथयात्रा मन्दिर परिसरमै सीमित भयो ।

नेपाल अंग्रेजबीचको वि.स.१८७६ भएको युद्धमा पाल्पाली फौजका कमाण्डर कर्णेल उजिर सिं थापाको नेतृत्वमा जितगढीमा अग्रेज फौजमाथि विजय हासिल गरेको उत्सवकोरुपमा वि.स. १८७७ देखि यो रथयात्रा विजय मनाउन सुरु गरिएको हो । अघिल्ला बर्षहरुमा यो जात्राको अवसरमा पाल्पामा निकै ठुलो तामझाम हुने भएपनि यस वर्ष भने कोरोनाले त्यो सबै तामझामलाई रोक्न बाध्य गरायो ।

अघिल्ला बर्षहरुमा रथयात्राको दिन भगवती मन्दिर र रथयात्राको अवलोकन गर्न हजारौ भक्तजनहरुको भीड लाग्ने गरेको थियो । तर, यस पटक नेपाली सेना, नेपाल प्रहरी, सुरक्षा अंगका प्रमुखको मात्र सहभागितामा रथयात्रा सिमित भयो । बुधवार विहान भगवती माताको तान्त्रिक विधिद्धारा पूजा सम्मान गरिसकेपछि दिउँसो भगवतीको प्रतिमुर्तिलाइृ ३ पटक परिक्रमा गराई मन्दिरमा भित्र्याइएको छ । यस वर्ष कोरोनाकै कारण कुनै पनि पशु बलि समेत मन्दिरमा  दिइएन । भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले अघिल्ला बर्षहरुमा जस्तै उत्साहका साथ मनाउने योजना भएपनि कोरोना त्रासका कारण औपचारिकतामा मात्रै सीमित गर्नुपरेको बताए । तस्बिरः सेरोफेरो न्युज

 

Comments
Loading...