३१ गतेसम्म लम्बियो निषेधाज्ञा, बैंक र खाद्य पसल बिहानमा खुल्ने

0 316

पाल्पा । पाल्पामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा आइतवार बिहान बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार आगामि जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।

गत चैत १७ गतेदेखि जारी निषेधाज्ञालाइ थप गरिएको हो । बैठकले यस अघि सबै बन्द रहेका वाणिज्य बैँकहरू बिहान ७–१० सम्म खुलाउने निर्णय गरेको उनले बताए । यस्तै कोभिड विरुद्धको खोप लगाउने स्थान पालिकाभित्र सबै वडामा व्यवस्थापन गर्ने निर्णय समेत भएको छ ।

यस अघि जारी निषेधाज्ञालाइ केही खुकुलो बनाइएको छ । यस अघि बन्द रहेको बैंकहरुलाइ विहान ७ बजेदेखि १० बजेसम्म खोल्न दिइने भएको छ । यस्तै तरकारी पसल ९ बजेसम्म खुल्नेमा १० बजेसम्म खुल्न दिने निर्णय भएको उनले बताए ।

Comments
Loading...