३५ वर्षमा जन्मस्थल टेकेकी शारदाको स्वागत

0 416

बन्दना पोखरेल । रामपुर(पाल्पा)
बैज्यनाथ गाउँपालिका बर्दियाका उप प्रमुख शारदा रेग्मी बिकलाई स्वागत कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ रामपुर नगर कमिटी को तर्फबाट कार्यक्रम भएको हो ।

जन्म रामपुर भएर कर्म बर्दिया बैज्यनाथलाई बनाएकी रामपुरकी चेली शारदाले अन्तर जातीय बिबाह गरेकी थिइन् । जसको सजाय स्वरुप ३५ बर्षमा अहिले बल्ल जन्म स्थल टेकेको बताउँदै सामाजिक कुसंस्कार कुरितीका कारण जन्म स्थल आउन नसकेको बताइन् । रामतुलसी मा बि मा कक्षा ७ सम्म पढेको बताउदै उनले उपप्रमुख भएपछि गाउपालिकाले प्रदान गर्ने गाडी लगायतका सुविधा आफुले नलिएको बताइन् ।

बन्दना पोखरेलको स्वागत बाट सुरु भएको स्वागत कार्यक्रममा महिला हिंसा विरुद्ध १६ दिने अभियानका बिषयमा छलफल भएको थियो । कार्यक्रमको सन्चालन दुर्गा देबि रानाले गरेकी थिइन् ।

Comments
Loading...