३ महिने कुक तालिमको प्रमाणपत्र वितरण

0 199

पाल्पा । व्यावसायिक सीप तथा तालिम प्रतिष्ठान नेपाल रुपन्देहीको आर्थिक सहयोगमा र शिव इस्टिच्युट अफ मल्टिटेक्निकल एजुकेशन प्रा.ली. पाल्पा तानसेनको आयोजनामा संचालित ३ महिने निशुल्क कुक तालिम सम्पन्न भएको छ ।

तानसेन नगरपालिका वडा नं. ३ बसन्तपुर र तानसेन नगरपालिका वडा नं. १ गैरागाउँमा संचालन भएको कुक तालिममा ८० जना वेरोजगार युवायुवतीले सीप प्राप्त गरेका थिए । कार्यक्रममा बोल्दै व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान रुपन्देही तालिम शाखा प्रमुख कृष्ण प्रसाद देवकोटाले तालिम लिई सकेपछि व्यावहारमा उतार्न आग्रह गर्नु भयो भने शिव इस्टिच्युट अफ मल्टिटेक्निकल एजुकेशन प्रा ली का निर्देशक कमल प्रसाद भट्टराईले वेरोजगारी समस्या काम नपाए र भन्दा पनि नजानेर बढेको बताउनु भयो ।

कार्यक्रममा सहभागी दिपिन सेन, रिजन गैरे र विशाल गौतमले तालिमबाट कुक सम्बन्धी धेरै कुराहरु सिकेको र रोजगारीमा जान सकिने भएको अनुभव बताउनुभयो भने संस्थाका कार्यालय सहयोगी ममता पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो ।

Comments
Loading...