• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 9, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

जनतासँग बगनासकालीः यस्ता छन् खानीछापका योजना र प्रगति

palpasamachar by palpasamachar
May 31, 2023
in शीर्ष समाचार, स्थानीय समाचार
0
जनतासँग बगनासकालीः यस्ता छन् खानीछापका योजना र प्रगति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
२०७९ बैंशाख ३० गते सम्पन्न  स्थानीय तह निर्वाचनमा नयाँ जनप्रतिनिधिहरू आएसँगै बगनासकाली ४ खानीछापका जनताहरू उत्साही भएका छन् ।
स्थानीय जनताले जनप्रतिनिधिहरुलाई सकारात्मक सुझाव सल्लाह दिदै आएका छन् । यसरी प्राप्त सुझाव सल्लाहहरुलाई वडाले कार्यान्वयन समेत गर्दै आएको वडाअध्यक्ष जित बहादुर कनौजेले बताउनुभयो । वडाले चालु आर्थिक वर्षमा केन्द्र, प्रदेश र पालिकाको गरि जम्मा ५५ वटा योजनामा गरि खानीछाप वडाभित्र कुल १ करोड ७ लाख ७७ हजार रुपैयाँको कार्यक्रम सञ्चालन गरिरहेको छ । चालु आर्थिक वर्षमा पालिका र वडा मार्फत खानीछापमा सञ्चालन हुने सबै योजनाहरुको सम्झौता कार्य सम्पन्न भएको र करिव सबै योजना सम्पन्न समेत भइसकेको वडाअध्यक्ष कनौजेले बताउनुभयो । सबै योजनाहरुको पालिका र वडाबाट समेत विभिन्न समयमा अनुगमन गरि सुझाव सल्लाह दिदै आएको अध्यक्ष कनौजेले बताउनुभयो ।
यस्ता छन् यो वर्षका योजना 
यस वर्ष खानीछापमा साना ठूला गरि ५५ वटा योजना रहेका छन् । खानीछापको बहुआयामिक प्रोफाइल निर्माण, वडा कार्यालय व्यवस्थापन, वन तथा वातावरण संरक्षण, विद्यालय खेलकुद सामाग्री खरिद, स्वास्थ्य चौकी व्यवस्थापन, वडा कार्यालयको विविध खर्च, पशुपंक्षीका लागि औषधि खरिद, खानीछाप स्वास्थ्य चौकी निर्माण, बस्याल गाउँ आमा समुह भवन निर्माण, राममन्दिर निर्माण तथा संरक्षण, मलेङ महिला सामुदायिक अपुरो भवन निर्माण वडा नं ४, कृषि यान्त्रिकरण, आमडाँडा अधुरो मोटरबाटो निर्माण, आमडाँडा मोटरबाटो ढलाई, आमडाँडा मोटरबाटो ढलान तथा स्तरोन्नति, खानीछाप बाटो स्तरोन्नती तथा नाली व्यवस्थापन, खानीछाप सिरानटोल मोटरबाटो ढलाई, गुडुवाखोला गोरेटोबाटो ढलान तथा स्तरोन्नति, गुडुवाखोला तीनछागा अधुरो मोटरबाटो निर्माण, गोमान्दी मोटरबाटो नाली र कल्भर्ट निर्माण, गोलैचे देखि, चुकाडाँडा मोटरबाटो, झरौटीखोला बाटो निर्माण तथा बाध निर्माण, तिखुम मोटरबाटो ढलाई, तिमुख मोटरबाटो ढलाई, पित्लुमछाप मोटरबाटो ढलाई बनौरेटोल मोटरबाटो स्तरोन्नति, भालेवास मोटरबाटो स्तरोन्नति, मलेङ मोटरबाटो निर्माण, महछाप तिखुम मोटरबाटो स्तरोन्नति, महछाप मोटरबाटो स्तरोन्नति, महछाप मोटरबाटो स्तरोन्नति तथा मोटरबाटो सरसफाई, माझटोल मोटरबाटो ढलाई, साझेडाडा अधुरो मोटरबाटो निर्माण, सामुदायिक भवन जाने बाटो मलेङ, राम्दीघाट व्यवस्थापन तथा तटबन्ध, सिमलीघारी कुलो मर्मत सेरा, खानीछाप माथिल्लो कुवा मर्मत, गुडुवाखोला खानेपानी योजना, पित्लुङछाप खानेपानी, लुङदी खानेपानी, क्षेत्रपाल मन्दिर निर्माण (बस्यालगाउ), खानीछाप सामाजिक उद्यमी महिला सहकारी सँस्था लिमिटेड, गुडुवाखोला खेल मैदान निर्माण, तिनछाँगा खेल मैदान स्तरोन्नति, वडा कार्यालयमा गेट र बाउन्ड्री निर्माण, शेरा वस्ती संरक्षण, महिला भवन मर्मत मलेङ लगायतका कार्यक्रम केन्द्र, प्रदेश, पालिका र वडा मार्फत संचालन भइरहेको वडा सचिव माधव भण्डारीले जानकारी दिनुभयो ।
वडा कार्यालयः
यसअघि खानीछापको वडा कार्यालय साँघुरो एउटा कोठामा मात्रै सीमित थियो । त्यही वडाबाट हुलाक कार्यालय पनि चलाइएको थियो  । तर अहिले पित्लुङछापबाट व्यवस्थित भवनबाट वडा कार्यालय सञ्चालन भइरहेको छ । नयाँ भवनमा वडा कार्यालय सरेपछि सेवाप्रवाह सहज भएको छ ।
विकास योजनाः 
खानीछापमा विकास योजना अन्तरगत मोटरबाटोमा सिद्धार्थ राजमार्गले केही भुभाव समेट्छ । यो बाटो पक्की छ । चालु आर्थिक वर्षको प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको म्याचिङ राम्दी जिरोबाट मलेङ आउने करिव ३ सय मिटर बाटोको ढलाई कार्य चलिरहेको छ ।
चौपारीदेखि तल अप्ठेरो मोडमा २ सय २५ मिटर बाटो ढलाई कार्य चल्दैछ । ठाउँ ठाउँमा रहेका अप्ठेरा मोडहरुमा ढलाई कार्य यस अघि पनि भएको छ । वडा कार्यालय मोटरबाटोको पहुचमा छ । साविकका सबै वडाहरुमा मोटरबाटो पुगेको छ । तिखुम, महछाप लगायतका अप्ठेरा ठाउहरुमा ढलाई भएको छ । आफूहरुको ५ वर्षे कार्यकालभित्रै चौपारीबाट राम्दीसम्म पुग्ने पहुच मार्गको रुपमा रहेकोले यो बाटोलाई पक्की गराउने योजना रहेको वडाअध्यक्ष कनौजेले बताउनुभयो ।
वडाले नयाँ बाटो खन्नेलाई पुरानो बाटोलाई स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकता दिएको छ ।  तिनछाँगा मोटरबाटो, तिखुम मोटरबाटो र महछाप मोटरबाटो सहित अन्य मोटरबाटोहरुको स्तरोन्नतीलाई प्राथमिकता दिइएको छ । स्वास्थ्य चौकीसम्म बाह्रै महिना एम्बुलेन्स चल्ने मोटरबाटो बनाउने योजना छ । वडा सहायक बाटोहरुको रुपमा १८ वटा बाटाहरू रहेका छन् । यी मध्ये धेरै योजनाहरुमा प्रदेश सरकारमार्फत पनि योजना चलिरहेको छ ।
सिंचाई । बिद्युतीकरण
खानीछाप आफैमा पनि कृषि योग्य भुमि हो । यहाँका मुख्य फाँटहरू सेरा, गुडुवाखोला, ओस्वा लगायतका फाँटहरुमा व्यवस्थित सिंचाई बनाउने योजना छ । सेरामा प्रदेश सरकारको सहयोगमा तट्बन्धको काम भइरहेको छ । प्रदेशको भुक्ष्य रोकथाम कार्यक्रम सम्पन्न भएको छ । यो वर्ष ओस्वामा सिंचाई व्यवस्थापनका लागि यो वर्ष रु १ लाख बिनियोजन गरिएको छ । सेरामा तट्बन्ध कार्यक्रम अन्तरगत प्रदेश सरकारकै दुई वटा योजना संचालनमा छन् । व्यवस्थित सिंचाई मार्फत कृषि उत्पादनलाई टेवा पु¥याउने योजना रहेको वडाध्यक्ष कनौजेले बताउनुभयो । विद्युतीकरण अन्तरगत वडाका सबै घरमा बिजुली बत्तीको सुविधा छ । बिद्युतीकरणका लागि रहेका काठका पोलहरुलाई क्रमशः बिस्थापन गर्दै लैजाने योजना रहेको कनौजेले बताउनुभयो ।
खानेपानीः
खानीछापका बिभिन्न टोल बस्तीहरुमा खानेपानीका लागि लिप्mटिङको भर छ । स्थानीय मुलहरु पनि छन् । तर पानी पर्याप्त छैन । खानीछाप टोलमा अहिले खानेपानीको केही समस्या छ । यो यस टोलका लागि लक्षित गरि अहिले लिफ्टिङ चलिरहेको छ । केही समयमा यहाँका सबै घरमा धारा आउँछ । खानीछापमै बाडिएको पानी गोमान्दी, आमडाँडा, पित्लुङछाप लगायतका टोलमा पनि बितरण हुन्छ । भालेबासमा पनि योजना चल्दैछ । अव अन्तिम चरणमा रहेको छ वडाध्यक्ष कनौजेले भन्नुभयो ।
शिक्षा । स्वास्थ्यः
खानीछापमा १ मावि, १ आधारभुत, ३ वटा प्रावि छन् । महछापको हिमालय प्राविमा मातृभाषा मगरीमा पढाई हु्न्छ । यो वर्ष शिक्षा अन्तरगत हरेक विद्यालयमा २० हजारको दरले शैक्षिक सामाग्री खरिदका लागि वडाले बजेट बिनियोजन गरेको छ । शिक्षा क्षेत्रलाई थप व्यवस्थित बनाउँदै समय सापेक्ष प्राविधिक र व्यवहारिक शिक्षा प्रदान गर्दै लैजाने वडाको योजना छ । त्यस्तै खानीछापमा एउटा स्वास्थ्य चौकी छ । यही स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर पनि सञ्चालनमा छ । व्यवस्थित स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति पनि छन् ।
लक्षित वर्ग कार्यक्रमः
लक्षित वर्ग कार्यक्रम अन्तरगत वडाले सबै क्षेत्रलाई समेटेर उनीहरुकै माग बमोजिमको कार्यक्रम गर्दै आएको छ । अपाङ्ग सम्मान कार्यक्रम, जनजाति कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रम, मागमा आधारित दलित कार्यक्रम, मागमा आधारित महिला विकास कार्यक्रम, युवा तथा खेलकुद कार्यक्रम, वालवालिकाको कार्ययोजना अनुसारको कार्यक्रम लगायतका कार्यक्रम गर्दै आएको छ । यसबाहेक कृषिको आधुनिकीकरण, पशुपालक किसानहरुको प्रवर्धन र उनीहरुलाई आवश्यक प्राविधिक तथा उपकरण सहयोग लगायतका कार्यक्रम समेत वडाले गर्दै आएको छ । वडाका जनप्रतिनिधि, पालिका र प्रदेश तथा केन्द्रसँगको सहकार्य र कर्मचारीहरुको कुशल सम्बन्ध र सहकार्यले खानीछापमा विकास योजनाहरू प्रभावकारी रुपमा सञ्चालन भइरहेको वडाध्यक्ष कनौजेको भनाई छ ।
Previous Post

बसाइसराई कसरी रोक्ने

Next Post

बेशीमा सारेपछि चिदीपानीको ज्ञानोदय स्कुलमा विद्यार्थी संख्या बढे

palpasamachar

palpasamachar

Next Post
बेशीमा सारेपछि चिदीपानीको ज्ञानोदय स्कुलमा विद्यार्थी संख्या बढे

बेशीमा सारेपछि चिदीपानीको ज्ञानोदय स्कुलमा विद्यार्थी संख्या बढे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क,  पर्यटक र सर्वसाधारण हैरान

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क, पर्यटक र सर्वसाधारण हैरान

May 7, 2025
यान्त्रिकरणमा तिनाउको बिशेष जोड

यान्त्रिकरणमा तिनाउको बिशेष जोड

May 6, 2025
पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

May 6, 2025
मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

May 6, 2025

Recent News

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क,  पर्यटक र सर्वसाधारण हैरान

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क, पर्यटक र सर्वसाधारण हैरान

May 7, 2025
यान्त्रिकरणमा तिनाउको बिशेष जोड

यान्त्रिकरणमा तिनाउको बिशेष जोड

May 6, 2025
पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

May 6, 2025
मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

May 6, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version