दिवशमा मात्रै हैन वर्षैभरि बाल अधिकारको संरक्षण गरौं

0 66

 

पाल्पा । “बालमैत्री शासन, वालवालिकाको अधिकारको सम्मान” भन्ने नाराका साथ राष्ट्रिय वाल दिवस भदौ २९ गते पाल्पामा पनि विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

जिल्ला बाल कल्याण समितिको समन्वय र तानसेन नगर कार्यपालिका तथा महिला तथा बालवालिका कार्यालय पाल्पाको आयोजनामा शिक्षक, बिद्यार्थी र अभिभावकहरुको रयालीले तानसेन बजार परिक्रमा गरेको थियो ।
रयाली पछि आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बावुराम गौतम, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही, उपमेयर लक्ष्मी पाठक, जिल्ला स्थित राजनीतिक दलका नेताहरु लगायतले आ–आफ्नो धारणा राखेका थिए । वक्ताहरुले दिवशका समयमा मात्र बालअधिकारका कुरा गर्ने नभएर वर्षैभरि वाल अधिकारको बिषयमा छलफल चलाइनुपर्ने र बालअधिकारको संरक्षण हुनुपर्ने बताए ।

दिवशकै अवसरमा जिल्लाभरका सामुदायिक तथा नीजि बिद्यालयहरुले बिद्यालयमा रचनात्मक क्रियाकलाप संचालन गरेको जिल्ला शिक्षा अधिकारी संगीता रेग्मीले बताइन् ।

Comments
Loading...