नेकपा एस पाल्पाको अध्यक्षमा शाही

0
282

पाल्पा । नेकपा (एकीकृत समाजवादी) पाल्पाको अध्यक्षमा तानसेन नगरपालिकाका पूर्व मेयर अशोक कुमार शाही चयन हुनुभएको छ ।

पार्टी जिल्ला बैठकले रिक्त अध्यक्षमा अशोक कु. शाही, उपाध्यक्षमा मोहनलाल गैरे महिला उपाध्यक्षमा बिनिता लुइँटेल, सचिवमा जगन्नाथ नेपाल, उपसचिवमा कमल सेन, उपसचिवमा कमल रायमाझीलाई चयन गरेको हो ।
पार्टीका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष सोम प्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यस अघिका जिल्ला अध्यक्ष कमल पाण्डेयको हृदयघातका कारण निधन भएको थियो ।

बैठकमा पार्टीका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष पूर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डे, केन्द्रीय सदस्य यादव बहादुर रायमाझी, पूर्व प्रदेश सभा सदस्य रमा घर्ती लगायतले सम्बोधन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here