बल्ल भयो तानसेनमा अनुगमन जस्तो अनुगमन

0
473

पाल्पा । यस अघि तानसेनमा कहिलेकाँहि अनुगमन भएपनि खासै प्रभावकारी देखिदैनथ्यो । स्थानीय तहले पनि बजार अनुगमन कार्य बिधि बनाएपछि अनुगमन दशै तिहारका बेला मात्रै सीमित हुने गरेको छ ।

तानसेनमा पनि यसअघि भएका अनुगमनमा ब्यापारीहरुलाई सामान्य रुपमा सचेत मात्रै बनाइने गरेपनि खास कारवाही हुने गरेको थिएन । जसका कारण कतिपय व्यापारीहरु सचेत बनाएको समयमा मात्रै सचेत हुने र फेरि उस्तै अवस्थामा फर्कने गरेका थिए ।

आइतवार तानसेनमा भएको अनुगमनमा गल्ती कमजोरी गर्ने ७ वटा पसलहरुलाई पहिलो चरणको कारवाही स्वरुप ५ हजारका दरले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताउनुभयो । उहाँले केही गल्ला पसलमा चामलको बोरामा कम तौल भएको पाइएको बताउनुभयो । यो पहिलो चरणमा सामान्य कारवाही गरिएको र सम्वन्धित व्यवसायीलाई सचेत पनि बनाइएको मापडण्ड पालना गर्न निर्देशन दिइएको र फेरि पनि सुझाब तथा निर्देशन पालना भएको नपाइएमा थप कारवाही हुने उहाँले बताउनुभयो ।

जिल्ला सदरमुकाम तानसेनमा रहेका गल्ला तथा किराना पसल अनुगमनबाट मापडण्ड बिपरित कारोवार गरेका ब्यापारी कारवाहीमा परेका हुन । आईतबार तानसेनको टक्सारटोल, सिल्खानटोल, बिपि चोक र मखनटोलमा रहेका ९ वटा किराना तथा गल्ला पसल अनुगमन गरिएको थियो । अनुगमन गरिएका मध्ये सात वटा पसलहरुलाई पहिलो चरणको कारवाही स्वरुप ५ हजारका दरले जरिवाना गरिएको हो । अनुगमनका क्रममा पसलहरुले प्याकेजिङ्ग नभएको सामान बेचेको, उत्पादन मिति र उपभोग्य मिति नखुलेको सामान बेचेको, खाद्यबस्तु खुला रुपमा बेचेको, तथा तौल समेत कम पाईएकोे खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो । अनुगमनका क्रममा म्याद सकिएका अखाद्यबस्तु बरामद् गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देबीराम भण्डारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here