निर्माण व्यवसायी संघ पाल्पाको अध्यक्षमा दामोदर गैरे

0
360

पाल्पा । निर्माण व्यवसायी संघ पाल्पाको अध्यक्षमा दामोदर गैरे निर्विरोध चयन हुनुभएको छ । शनिवार तानसेनमा सम्पन्न संघको नवौ साधारणसभा तथा पाँचौ अधिवेशनबाट पारिलेक कन्ट्रक्सनका प्रोप्राइटर रहनुभएका गैरे अध्यक्षमा चयन हुनुभएको हो ।

अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा बिष्णु बहादुर कार्की, उपाध्यक्षमा शशि श्रेष्ठ, महासचिवमा राजेन्द्र केसी, कोषाध्यक्षमा टेक बहादुर सोमै, सचिवमा प्रकाश कार्की चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा उदयराज घिमिरे, कृष्ण प्रसाद पराजुली, सुरेन्द्र श्रेष्ठ, राम राना, जित बहादुर चौहान, माधव पौडेल र आमन्त्रित सदस्को रुपमा गणेश अर्याल र शंकर राजपुत रहनुभएको निर्वाचन अधिकृत अधिवक्ता नारायणप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

यसअघि अधिवेशनको उद्घाटन गर्नुहुँदै निर्माण व्यवसायी महासंघका उपाध्यक्ष टोप बहादुर रायमाझीले निर्माण क्षेत्रका समस्याहरुको बिषयमा महासंघले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो । महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र रानाले सरकारी रुपमा रहेका अव्यवहारिक व्यवस्थाहरुका कारण निर्माण क्षेत्र अप्ठेरोमा पर्दै गएको बताउनुभयो ।

कार्यक्रममा संघका पूर्व महासचिव भिमसेन कार्की, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा ब्यापार संघका अध्यक्ष बामदेव बस्याल, तानसेन नगरपालिकाका सामाजिक बिकास अधिकृत भरत आचार्य, एसोसिएट्स सदस्य बिमल काफ्ले, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको बन्द सत्रले अध्यक्ष कृष्ण नेपालले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदन, महासचिव भेषराज तिमिल्सिनाले प्रस्तुत गर्नुभएको महासचिवको प्रतिबेदन र कोषाध्यक्ष शशि श्रेष्ठले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिबेदन पारित गरेको थियो । कार्यक्रम संघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षता र महासचिव भेषराज तिमिल्सिनाको संचालनमा चलेको थियो ।
नवनिर्वाचित अध्यक्ष गैरेले पद तथा गोपनीयताको सपथ ग्रहण पश्चात आफ्नो धारणा राख्नुहुँदै निर्माण ब्यवसाय क्षेत्रमा क्रियाशील सबैलाई गोलबन्द गराई यस क्षेत्रलाई अझ ब्यवस्थित बनाउन आफु र आफ्नो टिम लागिपर्ने बताउनुभयो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here