पाल्पा जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु, ८ जना घाइते

0
686

पाल्पा । तानसेन तम्घास सडक खण्ड अन्तरगत पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो जीप पुरिदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कर्पियो बुधवार बिहान ढुंगासहितको पहिरोले पुरिएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेहरुको यो समाचार तयार पार्दासम्म सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार उक्त दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेलाई उद्दार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा सडक निर्माण कार्य अन्तरगत रातिको समयमा यातायात बन्द गरि सडक निर्माणको काम हुादै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here