Site icon PALPA SAMACHAR

अनेरास्ववियु क्रान्तिकारीको बिस्तारित बैठक सम्पन्न

पाल्पा । “जनतासंग माओवादी ः विशेष रुपान्तरण अभियान” अन्तर्गत अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको इकाई समितिको विस्तारित बैठक सम्पन्न भएको छ ।

प्रमुख अतिथि पाल्पा इन्चार्ज क. कृष्णध्वज खड्का तथा जिल्ला संयोजक क. राजेन्द्र बिक, सचिब मथुरा ढकाल, बिद्यार्थी केन्द्रीय सदस्य पदम सोमईको आतिथ्यतामा भएको बैठकले मिलनराज घर्ती मगरको अध्यक्षता मूल इकाई समिति पुनर्गठन गरेको छ ।

कार्यक्रमको अध्यक्षता भिम लुङ्गेली र संचालन राजन क्षेत्रीले गर्नु भएको थियो । यसैबीच अनेमस (क्रान्तिकारी) रामपुर नगर समितिको आयोजनामा प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । माओवादी नेता यज्ञ पोखरेलको प्रमुख आतिथ्यता, कमल भट्टराई यम सुनार, गीता बिकको आतिथ्यता भएको कार्यक्रमको लक्ष्मी ढकालले गर्नुभएको थियो ।
पाल्पाका दशै स्थानीय तहमा माओवादीको विशेष कार्यक्रम सञ्चालन गरेको छ । माओवादीलाई कार्यकर्ता प्रशिक्षण, पार्टीका वडा स्तरमा कमिटि गठन, महिला, दलित तथा विद्यार्थी कमिति निर्माण देखि जनश्रमदानमा उत्साहजनक सहभागिता जनाएको छ ।

माओवादीका सबै तहका संरचनाहरुलाई चलायमान बनाउने र जनतासँग जोडिएर पार्टीका गतिविधि गर्ने उद्देश्यका साथ सो पार्टीले तीन महिने अभियान सञ्चालन गरिएको माओवादी पाल्पाले जनाएको छ ।

 

Exit mobile version