Site icon PALPA SAMACHAR

जन्मदिनमा प्रेस चौतारीलाई सहयोग

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की र केन्द्रीय सदस्य कमलराज तिमिल्सेनाले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल पाल्पालाई सहयोग प्रदान गर्नुभएको छ ।

अध्यक्ष कार्कीले आफ्नो ३८ औं जन्मदिनका अवसरमा प्रेस चौतारी नेपाल पाल्पाले स्थापना गरेको चौतारी संग विशेष दिन कार्यक्रमका लागि ११ हजार १ सय ११ रुपैंया, केन्द्रीय सदस्य तिमिल्सेनाले ४७ औं जन्मदिनका अवसरमा ५ हजार १ सय १ रुपैंया प्रदान गर्नुभएको हो । उहाँहरुले जन्मदिनको अवसरमा फजुल खर्च कमगरी चौतारीसंग विशेष दिन कार्यक्रम अन्तरगत संगठनको हितमा हुनेगरी रकम हस्तान्तरण गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य मिलन विक, प्रदेश सदस्य कृष्ण पोखरेल, जिल्ला उपाध्यक्ष सन्तोष बस्याल, सचिव नारायण न्यौपाने, पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिना, कोषाध्यक्ष नेत्र गैरे, सदस्यहरु दयाराज न्यौपाने, बिजय बौडेल, खेमराज पाण्डेय, सिर्जना बोहोरा, पवित्रा पराजुली लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो । प्रेस चौतारी पाल्पाले आफ्ना सदस्यहरुको जन्मदिनको अवसरमा चौतारीसँग बिशेष दिन कार्यक्रम गर्दै आएको छ ।

 

Exit mobile version