Site icon PALPA SAMACHAR

गौ हत्याको विरुद्धमा आइतवार (आज) पाल्पामा शान्ति सद्भाव र्‍याली निकालिने

मिलन विश्वकर्मा । पाल्पा
गौ वंश हत्याको विरुद्धमा आइतबार (आज) पाल्पामा शान्ति सद्भाव र्‍याली निकालिने भएको छ । विश्व हिन्दु महासंघ पाल्पाको नेतृत्वमा ओमकार परिवारको संयुक्त आयोजनामा र्‍याली निकाल्ने भएका हुन् ।

जिल्लाको सदरमुकाम तानसेनमा र्‍याली निकाल्ने तयारी भइरहेको शनिबार तानसेन पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । धरान लगायत देशका विभिन्न ठाउँमा भएको गौ हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै र्‍याली आयोजना गरिएको विश्व हिन्दु महासंघ पाल्पाका अध्यक्ष कमलराज पौडेलले बताउनुभयो ।

देशमा गौ हत्या अन्त्य हुनुपर्ने, गौ हत्या सम्बन्धि बनेको संवैधानिक कानूनको पूर्ण पालना हुनुपर्ने, धर्मान्तरण रोकिनुपर्ने, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने, सामजिक सद्भाव कायम गर्नुपर्ने लगायतका माग राखी दबाबमूलक शान्तिपूर्ण सद्भाव र्‍याली निकाल्न लागिएको पौडेलले बताउनुभयो ।

र्‍यालीतानसेन्को टुंडीखेलबाट  सुरु हुनेछ ।  जिल्ला भरिका एक हजार बढीको सहभागिता रहने आयोजकको अनुमान छ । र्‍याली भोलि बिहान ११ बजेदेखि सुरु हुनेछ । र्‍यालीतानसेन बजार परिक्रमा गर्ने सचिव तुल्सी शर्मा गैरेले बताउनुभयो ।

संविधान अनुसार देश चल्न पर्छ । हामीले केही लाद्न खोजेको छैनौं । सबै जातजाति, लिंग, धर्मको देश हो । कसैले कसैलाई अपमान गर्न भएन । शान्ति सद्भाव कायम गर्नुपर्ने हिन्दु महासंघका केन्द्रीय सदस्य भीमलाल भट्टराईले बताउनुभयो ।

Exit mobile version