Site icon PALPA SAMACHAR

लोक दोहोरी गीत प्रतिष्ठान पाल्पाको २१ औं साधारणसभा सम्पन्न

पाल्पा । लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति पाल्पाको २१ औँ साधारणसभा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका प्रथम उपाध्यक्ष दिपक कार्कीले नेपाली लोक संस्कृतिको संरक्षण सम्बर्धन सहित लोककलाकारहरुको हकहीतका लागि प्रतिष्ठानले काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ पाल्पाका अध्यक्ष शैलेन्द्र भट्टराई लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका महिला उपाध्यक्ष चेतना थापा, सचिव योगराज पोखरेल, महिला सचिव रेखा विष्ट, प्रतिष्ठानका सल्लाहकार किरण चित्रकार, जयप्रकाश उप्रेती लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा गायक सन्तोष पृथी, गायिका निरु सुनार, तुल्सा गाहा लगायतले गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष कमल भट्टराईले अध्यक्षको बार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो कोषाध्यक्ष धनी खाम्चाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

संस्थाका अध्यक्ष कमल भट्टराईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रुपेश कार्कीले स्वागत मन्तव्य गर्नु भयो भने सह– कोषाध्यक्ष रामकृष्ण थापाले कार्यक्रम संचालन गर्नु भएको थियो ।

Exit mobile version