पाल्पा समाज जापानको अधिवेशनको तयारी

0
291

पाल्पा । पाल्पा जिल्लाका बिभिन्न स्थानमा घर भई हाल जापानमा रहँदै आउनुभएका पाल्पालीहरुको साझा संस्था पाल्पा समाज जापानको तेस्रो अधिवेशनको तयारी अगाडि बढेको छ ।

टोकियोको शिनओकुबोमा रहेको बारकाडे रेष्टुरेन्टमा आगामी अक्टुबर ८ तारिखमा अधिवेशन गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । उक्त अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति गठन गर्नुका साथै भावी कार्ययोजना तथा संस्थागत रणनीतिहरु तय गर्ने कार्यक्रम रहेको अध्यक्ष निरञ्जन गैरेले बताउनुभयो ।

समाजका संस्थापक अध्यक्ष समेत रहनुभएका गैरेका अनुसार पाल्पा जिल्लाबाट जापान आई विभिन्न पेशा, ब्यवसाय, अध्ययन, अनुसन्धान र रोजगारीमा संलग्न पाल्पालीहरुलाई समाजले एकताबद्ध गराउँदै आएको बताउनुभयो । उहाँले प्रवासमा आइपर्ने समस्याहरुको संस्थागत समाधान तथा गृह जिल्लामा दुखसुखमा साथ दिने गरी सन् २०१६ मा समाजको स्थापना गरिएको उहाँले बताउनुभयो । समाजले हालसम्म थुप्रै मानवीय सहयोग लगायतका अन्य सामाजिक गतिविधिहरु गर्दै आईरहेको उहाँले बताउनुभयो ।

ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक हरेक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण जिल्लाकारुपमा परिचित पाल्पा जिल्लाका विभिन्न ठाउँहरुमा रहेका प्राकृतिक सौन्दर्य तथा पर्यटकीय गन्तब्यहरुको पहिचान गरी जापानमा पनि यथोचित प्रचार–प्रसार गर्ने र पर्यटक भित्र्याउने सन्दर्भमा समाजले ठोस पहल गर्ने लगायतका कार्यक्रमलाई अधिवेशनले मुर्तरुप दिने बताईएको छ ।
अधिवेशनमा उत्साहजनक सहभागिताका लागि समाजले जापानका विभिन्न सहरहरुमा छरिएर रहेका पाल्पालीहरुलाई समाजले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here