आँखा अस्पतालका कर्मचारीलाई तालिम

0
208

राजेन्द्र लिगल । पाल्पा

लुम्बिनी  नेत्र विज्ञान अध्ययन संस्था भैरहवाको सहयोग  र पाल्पा  लायन्स लाकौल आँखा अस्पतालको आयोजनामा   कर्मचारीका लागि एकदिने अस्पतालको गुणस्तर  वृद्धि  सम्बन्धी तालिम  तानसेनमा सम्पन्न  भएको  छ ।

तालिममा  नेत्र विज्ञान अध्ययन संस्थाका  डाक्टर  कविन्द्र बज्राचार्य  र सस्थाका प्रबन्धक  प्रकाश  रायमाझीले सहजीकरण गर्नुभएको थियो । अस्पतालको स्तरोन्नति गर्न कर्मचारीहररूको महत्वपूर्ण  भूमिका हुने भएकाले बिरामीप्रति राम्रो  व्यबहार  गर्नुपर्ने डाक्टर बज्राचार्यले बताउनुभयो ।

अस्पतालको  ड्युटी  इमानदार  र कर्तव्यनिस्ठ हुनसके अस्पतालको प्रगतिमा थप बल पुग्ने  उहाँले बताउनुभयो ।

अस्पतालमा  आएका बिरामीलाई गरिब वा धनी, बजार  र गाउँले भनेर  नछुटाइ सबैलाई समान व्यबहार  गर्नुपर्ने प्रबन्धक रायमाझीले बताउनुभयो । तानसेनमा भएको तालिममा कालीगण्डकी  आँखा उपचार केन्द्र रामपुर , तिनाउ आँखा उपचार केन्द्र  दोभानका गरी  ३० जना प्राविधिक  कर्मचारीहरूको सहभागिता रहेको  थियो ।

पाल्पा अस्पतालका सभापति बुद्धिप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर सुचेन पुनले उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उपाध्यक्ष भीमसेन कार्कीले स्वागत गर्नुभएको कार्यक्रममा सचिव राजेन्द्र  लिगलले संचालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here