• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शिक्षा, स्वास्थ्य र खेलकुद

पाल्पा अस्पताल स्तरोन्नतीका लागि जग्गा अभाव

palpasamachar by palpasamachar
September 24, 2023
in शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार
0
पाल्पा अस्पताल स्तरोन्नतीका लागि जग्गा अभाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
पाल्पा । दैनिक ५ सय बिरामीले उपचार गराउने पाल्पा अस्पताल स्तरोन्नतीमा जग्गा अभाव भएको छ । अस्पतालको पुरानो र राणाकालिन भवनबाट अहिले सेवा प्रवाह हुदै आएको छ ।
अस्पतालको नयाँ भवन निर्माणका लागि पटक पटक बजेट बिनियोजन भएपनि आवश्यकता अनुसारको जग्गा व्यवस्थापन नहुदा बजेट फ्रिज हुने गरेको छ । मापदण्ड अनुसार अस्पताल भवन निर्माणका लागि कम्तीमा १३ रोपनी जग्गा आवश्यक हुन्छ तर पाल्पा अस्पतालको स्वामित्वमा अहिले ८ रोपनी हाराहारी मात्रै जग्गा रहेको छ । यसरी जग्गा अभाव हुदा भवन निर्माणको काम अगाडि बढ्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष गुरास आत्रेयले बताउनुभयो ।
अस्पतालको भवन निर्माणका लागि आवश्यक जग्गा पु¥याउनका लागि यसअघि पहल भएको हो तर पहल सार्थक हुन सकेको छैन । अस्पताल नजिकै रहेको मोहन कन्या माविको छात्राबास रहेको जग्गा अस्पताललाई दिने र अस्पतालको नाममा हाल स्वास्थ्य कार्यालय रहेको जग्गा र भवन मोहनकन्या माविलाई दिनेगरी सहमति जुटेको छ । मोहन कन्या माध्यमिक बिद्यालयका अध्यक्ष बिधान श्रेष्ठले यो विषयमा जिल्लामा सर्बपक्षीय रुपमा कुनै समस्या नभएपनि नीतिगत रुपमा समस्या भएको बताउनुभयो । मोहन कन्याको उक्त जग्गा के गर्ने भन्ने बिषयमा टुंगो नलाग्दा बिद्यालयले अन्य योजना बनाउन नपाएको उहाँको भनाई छ ।
यसैबीच प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले अस्पताल ब्यवस्थापन समिति, कर्मचारी, जिल्ला स्थित राजनीतिक दल र सरोकारवालासँग अस्पताल सुधारको बिषयमा छलफल गर्नुभएको छ ।
यसैबीच पाल्पा अस्पतालको व्यवस्थापन समितिको टोलीबाट तानसेन नगरपालिकासँग अस्पतालको स्तरोन्नतीलाई जग्गा व्यवस्थापनका लागि तानसेन  नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । जग्गा कम र नगर सरकारको बेवास्ताका कारणले विशेषज्ञ डाक्टर जिल्लामा बस्न नखोज्ने समस्या सिर्जना भएको अवस्था भएको अध्यक्ष आत्रेयले बताउनुभयो ।  पुरानो भौतिक संरचना र दरबन्दी अनुसारको जनशक्ति अभावका बीचमाअस्पताल  बाट गुणस्तरीय सेवा दिएको उहाँको भनाई छ ।
पाल्पा अस्पताल व्यवस्थापन समितिको टोलीसंग अस्पतालको विषयमा छलफल गर्दै जग्गाको स्रोत लाई कसरी अघि बढाउने भन्ने विषयमा सबैसंग तानसेन नगरपालिकाले छलफल गरेर प्रक्रिया अगाडि बढाउने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभएको छ ।
Previous Post

एकै दिन ११ सय २३ जनाको निःशुल्क आँखा परीक्षण

Next Post

अधकल्चो शिक्षक आन्दोलन

palpasamachar

palpasamachar

Next Post
अधकल्चो शिक्षक आन्दोलन

अधकल्चो शिक्षक आन्दोलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025

Recent News

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version