दशैं तिहारमा दुधमा प्रति लिटर १० रुपैयाँ छुट

0
510

पाल्पा । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था बगनासकाली ८ बराङदी मार्फत संकलन गरी बजारीकरण हुँदै आएको दुधमा प्रतिलिटर १० रुपैयाँ छुट हुने भएको छ ।

तानसेन बजारका बिभिन्न स्थानहरुमा बराङ्दीको दुध वितरण हुँदै आएको छ । बराङ्दीका किसानहरुले भैसीपालन गरी दुध बिक्री गर्दै आएका छन् । संस्थाका अध्यक्ष कृष्ण भुसालले संस्थाले दशैं तिहारको समयमा उपभोक्ताहरुको सहुलियतका लागि १ लिटरमा १० रुपैयाँ छुट दिने निर्णय गरेको बताउनुभयो ।

छुट २०८० असोज २३ गते मंगलवारबाट लागू हुनेछ । यहाँको भैसीको शुद्ध दुधको मुल्य प्रतिलिटर १ सय २० रहेकोमा छुट पछि प्रतिलिटर मूल्य १ सय १० कायम हुने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here