Site icon PALPA SAMACHAR

होमस्टे महासंघ नेपालको विदेश विभाग प्रमुखमा पाल्पाका बस्याल निर्वाचित

पाल्पा । होमस्टे महासंघ नेपालको चौथो अधिवेशन चितवनको माडी नगरपालिकामा सम्पन्न भएको छ । ६८ जिल्लाका ४०० प्रतिनिधि हरुको उपस्थितिमा भव्य रूपमा भएको अधिवेशनमा संघीय बन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतो प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।

अधिवेशनले प्रेम शंकर मर्दनियाको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिमा पाल्पाका सक्रिय पर्यटन व्यावसायी धनिश्वर वस्याल केन्द्रीय उपाध्यक्ष तथा विदेश विभाग प्रमुखमा निर्वाचित हुनुभएको छ । होमस्टे महासंघ पर्यटन क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल हो । होमस्टेको १३ वर्षको इतिहासलाई फर्केर हेर्दा होमस्टेको माध्यमबाट ग्रामीण तहमा हाम्रा संस्कृतिहरुको संरक्षण गर्दै स्वरोजगारको आधारशीला निर्माण तथा होमस्टेको माध्यमबाट हरेक जिल्लाका ग्रामीण तह सम्म पूर्वाधार विकासको संवाहकको कार्य गरेको उपाध्यक्ष वस्यालले बताउनुभयो ।

सांस्कृतिक हिसावले धनी पाल्पा जिल्लाबाट  सुनिता श्रेष्ठ तानसेन तथा दमन पाटा मगर निस्दी गाउँपालिकाबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ ।

Exit mobile version