६८ औं प्रहरी दिवस कार्यक्रम पाल्पामा पनि सम्पन्न

0
215

पाल्पा । ६८ औं प्रहरी दिवस कार्यक्रम पाल्पामा पनि सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजना प्रहरी कार्यालय परिसरमा भएको कार्यक्रममा अमर प्रहरीहरूप्रति शोक सलामी तथा पुष्प अर्पण अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । प्रहरीलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई प्रशंसापत्रले सम्मान गरिएको थियो । जिल्ला स्तरीय लेखनका बिजेता एवम् प्रहरी दिवसको अवसरमा भएका अन्य प्रतियोगिताका बिजयीहरुलाई पनि पुरस्कार बितरण गरिएको थियो ।

कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले प्रहरी संगठनको गौरवपूर्ण इतिहास र वर्तमान रहेको बताउनुभयो । उहाँले नागरिकको नजिकको सारथीको रुपमा नेपाल प्रहरी सदैव रही आएको बताउनुभयो । कार्यक्रममा पाल्पाका प्रहरी प्रमुख एसपी हेरम्ब शर्माले प्रहरी हरेक नागरिकको सुरक्षार्थ दिनरात नभनी खट्दै आएको बताउनुभयो । उहाँले नेपाल प्रहरीको स्वच्छ छवि सदैब कायम रहँदै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा डिएसपी सुगन्ध श्रेष्ठले स्वागत मन्तव्य राख्नुका साथै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो ।

कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका नेताहरू, पत्रकारहरू बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू,उद्योगी, व्यवसायी र समाजसेवी व्यक्तित्वहरू,अमर प्रहरी परिवारका सदस्यहरू एवम् पूर्व प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here