भुवनपोखरीमा न्वागी र बतासेमा सुन्तला महोत्सव हुदै

0
302

पाल्पा । रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा मंसिर ९ र १० गते न्वागी महोत्सव हुने भएको छ ।

भुवनपोखरीको रैनादेवी मन्दिरमा विगत लामो समयदेखि न्वागी महोत्सव हुदै आएको छ । यस वर्षको नयाँ धान भित्र्याएपछि नयाँ चामल देवीको मन्दिरमा चढाएर चामल दहीमा मिसाएर खाने गरिन्छ । जसलाइ न्वागी पनि भनिन्छ ।

नया चामल पहिले देवीको घरमा चढाउने र त्यसपछि त्यहाँका स्थानीय बासिन्दाले नयाँ चामल, दही र केरा मिसाएर न्वागी खाने प्रचलन रहेको रैनादेवी छहरा–३, का वडा अध्यक्ष प्रदिप पौडेलले बताउनुभयो ।

रैनादेवी मन्दिर सञ्चालनार्थ परापूर्व कालदेखि स्थानीय राजा रजौटाहरूद्वारा गुठीको व्यवस्था गरी मगर जातिका पुजारीले पूजा आजा गर्ने व्यवस्था छ । यस मन्दिरको वरिपरि दुर–दराजका गाउहरू सम्म कार्तिक महिनामा धानबाली स्याहारी नयाँ अन्नको प्रसाद(अक्षता) देवीलाई चढाई मात्र दही चामल मिलाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा चलिआएको छ । सोही अक्षता देवीलाई चढाउने पुजा कार्यक्रमलाई न्वागी पर्व पनि भन्ने गरिएको छ ।

रैनादेबी छहरा गाउपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले गाउपालिकाले यो बर्षको न्वागी महोत्सव बिशेष गरि मनाउने तयारी गरिएको बताउनुभएको छ । गाउपालिकाले धार्मिक आस्थासँगै कला संस्कृति जर्गेना गर्ने काममा लागेको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो । रैनादेवीको महत्व, न्वागी पर्वको मान्यता, स्थानीयकला संस्कृति र मनोमोहक दृश्यले यस क्षेत्रको महत्व बढाउने बताउनुभयो ।

त्यस्तै रिब्दीकोट गाउपालिकाको पालुङमैनादीमा सुन्तला महोत्सव हुने भएको छ । ७ नं. वडा कार्यालयको आयोजना, मैनादी कृषि सहकारीको व्यवस्थापन र रिब्दीकोट गाउपालिकाको संरक्षकत्वमा प्रभात माध्यमिक विद्यालयको प्रांगणमा यही मंसिर १६ गते हुने १ दिने सुन्तला महोत्सव पाल्पा जिल्लामै पहिलो सुन्तला महोत्सव हो ।

महोत्सवका लागी १२÷ १५ वटा स्टल सहभागी हुनेछन् । उक्त महोत्सवको सहआयोजकका रुपमा सुन्तला तथा फलफुल विकास केन्द्र तानसेन, कृषि ज्ञान केन्द्र तानसेन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन तानसेन र हेफर प्रोजेक्ट नेपाल रहेका छन् । मैनादीमा करिब २ सय घरधुरीले कृषि पेशा अन्तरगत नगदेबालीका रुपमा सुन्तला खेतीलाई मुख्य आम्दानीका रुपमा खेती गर्दै आएका छन् ।

महोत्सव सञ्चालनका लागी स्थानीय सरकारका रुपमा वडा नम्बर ७ बाट १ लाख ५० हजार सहयोग हुनेछ भने अन्य रकम रिब्दीकोट गाउपालिकाले सहयोग गर्ने वडा नं. ७ का वडा अध्यक्ष दान बहादुर कुवरले बताउनुभयो ।

तस्बिरः भैरव खबरको सहयोगमा

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here