आजबाट माडी सराईमा महोत्सव सुरु हुँदै

0
364

पाल्पा । आजबाट यही मंसिर २१ गते सम्म माडी सराईमा माडी साँस्कृतिक,पर्यटन कृषि तथा व्यापार महोत्सव सञ्चालन हुँदैछ ।

महोत्सव सराई युवा क्लब सराई पाल्पाको आयोजना,माथागढी गाउँपालिका वडा न ३ को कार्यालय कसेनी सराई पाल्पाको सह आयोजना,माथागढी गाउँपालिकाको संरक्षक तथा जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा लि बुटवल ७ रूपन्देहीको व्यवस्थापनमा हुन लागेको हो । मेला मंसिर ९ गतेदेखि २१ गते सम्म सञ्चालन हुनेछ ।

महोत्सवको माध्यमबाट यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको प्रचार प्रसार,विभिन्न जातजाति तथा भाषाभाषीको कला सस्कृति संरक्षण गर्दै आपसी सद्भाव कायम गर्न,युवा परिचालन तथा स्वयमसेबी भावनाको विकास गर्न,क्लबको विकास र कोषको स्थापना गर्न,लगानीकर्ताको भावना सकारात्मक बनाउदै माडी क्षेत्रको विभिन्न तरबबाट सम्भावनायुक्त स्थान हो भन्ने बनाउन महोत्सवको आयोजना गर्न लागिएको सराई युवा क्लबका अध्यक्ष खोम बहादुर गाहाले बताउनुभयो ।

महोत्सवमा कृषि,पशु,घरेलु उधोगबाट उत्पादित बस्तुको निशुल्क स्टल राख्ने व्यवस्था सहित लघु संग्रहालय,माडीमा उत्पादन हुने धान,विभिन्न जातजाति भेषभुषा सहितको झाकी प्रदर्शनी गरिनेछ । महोत्सवमा १ सय वटा स्टल रहनेछन् । महोत्सवमा करिब ७० हजार मानिसले अवलोकलन गर्ने अनुमान गरिएको छ ।
माथागढी गाउँपालिका वडा न ३ का वडा अध्यक्ष तेज घर्ती मगरले महोत्सवले पाल्पाको माडी क्षेत्रका मानिसलाई परिचालन गर्दै कला सस्कृतिको संरक्षण,कृषि उत्पादनको प्रदर्शनी तथा प्रचार प्रसारमा महोत्सव पुर्ण भुमिका खेल्ने बताउनुभयो ।

महोत्सवको उद्घाटन माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here