• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 8, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

आज दर्लममहाकालीमा रथयात्रा हुँदै (दर्लम महाकालीको किंवदन्ती सहित)

palpasamachar by palpasamachar
November 25, 2023
in शीर्ष समाचार, स्थानीय समाचार
0
आज दर्लममहाकालीमा रथयात्रा हुँदै (दर्लम महाकालीको किंवदन्ती सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । दर्लममहाकालीमा आज भव्य रुपमा रथयात्रा सञ्चालन हुँदैछ । हरेक वर्ष आजकै दिन यहाँ रथयत्रा हुँदै आएको छ । हरेक वर्ष ठूली एकादशीको पर्सीपल्ट यहाँ रथयात्रा हुन्छ । दर्लममहाकाली मन्दिरले धार्मिक पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तब्यको रुपमा परिचय बनाएको छ । बगनासकाली गाउँपालिका वडा नं. ५ मा दर्लम महाकाली भगवती मन्दिर रहेको छ ।

दर्लमडाँडा निवासी स्व. पदमपाणी गैरेका पूर्वज कुलानन्द तारापतिहरुले बि.सं.१९३० देखि सोही ठाउँमा महाकाली भगवतीको नित्य पूजा गर्दै आएका थिए । स्र्विर्गय पदम्पाणी गैरेले बि.सं. १९९० देखि श्री दर्लममहाकाली भगवतीको सानो मन्दिर निर्माण गरि माटोको मुर्ति बनाई पूजा आज सुरु गरेका थिए । हाल यो मन्दिर मनकामना मन्दिरको शैलीमा निर्माण गरिएको छ ।

हाल यो मन्दिर तामाको छानो र गजुर सहित प्यागोडा शैलीमा रहेको छ । मन्दिरकोे दक्षिण तर्फ सुन झाँक्री र चण्डी माईको थान साथै पूर्वतर्फ महाकालीको उत्पति स्थल रहेका छन् ।
दर्लममहाकालीको किंवदन्ती
यहाँको ऐतिहासिक किवंदन्तीका कारण पनि यहाँ धार्मिक पर्यटकहरु बढी आकर्षषित हुने गरेका छन् । किवंदन्ती अनुसार वि.सं. २०१० साल कार्तिक शुक्ल त्रयोदशीको दिन राति सपनामा दर्लमका पदम्पाणी गैरे र छिमेकी गाउँ मलेङका ज्यो. हुमकान्त बस्याललाई महाकालीले आकाशवाणीको रुपमा मैले यस ठाउँमा, यस समयमा (बिहान ब्रम्ह मुहुर्तको समयमा) शिलाको रुपमा दर्शन दिनेछु र म सोही शिलामा विराजमान हुनेछु । अब उप्रान्त माटोको मुर्तिमा पूजा नगरी सोही शिला ल्याई नित्य पूजा अर्चना गर्नु भनि आकाशवाणीको रुपमा दिक्ष दिइन् ।
दुवै जनाले एउटै समयमा पाएको दिक्षमा महाकालीको विराट मूर्तिको दर्शन पाएकोले हालको मन्दिर भन्दा २ सय मिटर पूर्वको सपाङ्गदी भन्ने स्थानबाट सपनामा बताए अनुसार दुबै जनालाई मैले शिलाको रुपमा दर्शन दिनेछु भनी बिहान ब्रह्म मुहुर्तमा यस ठाउँमा जानु भने अनुसार पदमणी गैरेले पूजाको सामाग्री थालीमा लिई सोही ठाउँमा पानीको कुवा नजिकै उभिएर बसेका थिए ।
जव ब्रह्म मुहुर्तको समय नजिकै आएको रहेछ र उनको मनमा आखिर सपना हो भन्ने भ्रम भएछ जब पानी घडीको आधारमा ब्रह्म मुहुर्तको समय भएको थाहा भयो तत्काल जमिनको एक हिस्सा भत्किएर उत्तर तर्फको पानीको कुवामा माटो झ¥यो र माता महाकालीको मूर्ति शिलाको रुपमा प्रार्दुभाव भयो र सबै गाउँलेहरु मिलेर पालै पालो शिलाको दर्शन गरि त्यस स्थानबाट शिलारुपी माता महाकालीलाई उठाई पानी कुवाको डिलमा सुताई धोई पखाली गर्दा गर्दै अर्का भक्त खानीछाप मलेङ निवासी ज्योतिष हुमकान्त बस्याल पनि सोही ठाउँमा आइ पुगे ।
बस्यालले पनि आफ्नो सपनाबारे सुनाए । महाकालीको दिक्ष अनुसार आफू त्यहाँ आइपुगेको बताएपछि दुबै जनालाई सपनीमा एउटै दिक्ष मिलेको प्रमाणित भयो । यसरी भेटिएको मुर्ति पखाल्ने क्रममा मुर्तिमा राखिएको पानी तत्कालै सुक्यो । यो क्रम केही बेरसम्म चल्यो । त्यसैक्रममा स्थानीय एक जना भट्टराई थरका पण्डितले यसरी पानी खन्याइरहँदा माताको अपमान हुने हुँदा पानी नखन्याउन सल्लाह दिए । सोही क्रममा मुर्तिको पुजाआजा गर्दै पहिलो पटक दर्शन पाउने पदमंपानीकै नेतृत्वमा माताजीलाई खाटमा राखेर अविर सिन्दुर चढाउँदैसानो पुरानो मन्दिरमा भित्र्याइएको थियो । जस अनुसार नित्य पञ्चायन पूजा, रुद्राभिषेक, हवन र महाकालीको पूजाअर्चना निरन्तर चलिरहेको छ ।
माता महाकालीको साक्षात्कारको अवस्था

माता महाकालीले २०४८ साल कार्तिक २२ गते राती २ बजे देखि बिहान ५ बजे सम्म बुटवल उप नगरपालिका अन्र्तगत भाडामा कोठा लिई बसेको अवस्थामा पदम्पाण्ी गैरेका छोरा ठूल्कान्छा भनेर चिनिने ङणराज गैरेलाई प्रत्यक्षरुपमा माता महाकालीले बिराट रुपको दर्शन दिइन् ।

महालकालीले दिक्ष दिइन्, तँ मनकामना भन्ने ठाऊँमा गएको छैनस् – त्यँहाँ जा । त्यहाँ पनि मै हुँ म त्यहाँ सानो रुपमा छु । म यहाँ विराट रुपमा छु । मनकामना भन्ने ठाउँको मन्दिर मलाई ज्यादै पसन्न छ र यहाँ पनि सोही अनुरुपको मन्दिर बना ।
मन्दिर निर्माणका लगि तिमीहरुको ७६ जना सदस्यहरु बस्ने गरेको मुल घरलाई भत्काएर जमिन ठिक ठाक पारेर पुरानो मन्दिर समेत समेटिने गरी मन्दिर निर्माणको काम गर्नु भनी अराए अनुसार मनकामना मन्दिरकै आकारमा प्यागोडा शैलीमा मन्दिर निर्माण गरि तामाको छाना राखिएको छ । माताले मन्दिर बनाउँदा मूलद्धार पूर्व तर्पm र सहायक द्धार दक्षिण तर्फ राख्नु भनि दिक्ष दिएकी थिइन् ।  मूल ढोका र दक्षिण ढोकाको अगाडि दायाँ बायाँ ठूला ठूला घण्ट राख्न र भक्तजनले चढाएका साना घण्टहरु मिलाएर राख्न माताले अह्राएको ङणराज गैरेले बताए । पञ्च पञ्चायन तथा गौरी शंकर शिव पाञ्चायन लाई भुवनेश्वरी मन्दिर तथा भजन र्कितन सत्तल निर्माण गरी स्थापना गरिएको छ ।

दर्लम महाकाली भगवती मन्दिरको महत्वलाई हृदयंगम गरी त्यतिबेलाको मन्दिर क्षेत्रलाई बिस्तार गरी गोरखा मनकामना भगवती मन्दिरको आकारमा बि. सं. २०५३ साल आश्विन महिनाको महा नवमीको पूण्य तिथीको अवसरमा ५८ वर्ष सम्म माता महाकालीको पूजा गर्दै आएका पुजारी पुरुषोत्तम गैरेको करकमलबाट शिलन्यासको काम गरिएको थियो । त्यसै गरी २०७३,७४ सालमा निजकै छोरा थर्कराज गैरेको बारीको बिच भागबाट मन्दिरदेखि माताको शिला उत्पत्ति स्थल सपांगदीसम्म पक्की बाटो निर्माण गरिएको छ ।

हाल बनेको महाकाली भगवतीको मन्दिर ३ तलाको बनेको छ । एक तलाको बरण्डा माथी पक्की ढलान छ भने २ तलाका छाना प्यागोडा शैलीमा तामाको छानाले छाइएको छ । मन्दिर परिसरमा गुरुयोजना अनुरुप भुवनेश्वरी मन्दिर, भजन किर्तन सत्तल सहितको शिवालय र होमकुण्ड र पुरानो मन्दिरको जीर्णेद्धार पुरातत्व विभागको सल्लाह अनुसार गरिएको छ ।
मूल मन्दिरको पूर्वतर्फ २ तले नौ कोठे भवन निर्माण कार्य निर्माणाधिन अवस्थामा छ भने मन्दिर परिसरको गेट बनिसकेको र झाक्रीस्थानको चौपारी निर मूल प्रवेश द्धार बिशेष रुपमा बनेको छ । यो मन्दिर जिल्ला प्रशासन कार्यालय पाल्पा बाट २०५८ कार्तिक १६ गते दर्ता नं. ५०४ मा दर्ता भएको छ । मन्दिर परिसर हाल १२–०५–३–० क्षेत्रफल भएको लालपूर्जा प्राप्त जमिनमा रहेको छ भने कि. नं. १४९ को ६–०–२–३ क्षेत्रफलको पल्लोबारी पनि मन्दिरकै नाममा समावेस रहेको छ । मन्दिरको नाममा १८ रोपनी ६ आना, १ दाम ३ पैसा क्षेत्रफलमा फैलिएको जग्गा रहेको छ । उक्त जग्गा पदमंपानीका ८ भाई छोराहरुले अंशबन्डा गर्नु अघि उक्त सबै जग्गा माताको नाममा छुट्याएका थिए ।

मूल मन्दिरको पूर्व तर्फको ९ कोठे भवनको माथिल्लो तलामा रेलिङ सहितको भवन निर्माण गर्ने, सामुदायिक भवन, वेद विद्यालय, मन्दिर परिसरमा ढुङ्गा छाप्ने, पानी टंकी र भ्यू टावर निर्माण, गणेश र लक्ष्मी नारायणको मन्दिर साथै धर्मशाला निर्माणका काम क्रमशः अगाडि बढाउने गुरुयोजना रहेको छ । यसका लागि नेपाल सरकार, पुरातत्व विभाग, जिल्ला समन्वय समिति सहित गाउँपालिका लगायतसित समन्वय गर्ने योजना रहेको अध्यक्ष ङणराज गैरेले बताए ।
वि. सं. २०६९ माघ २ गते देखि ८ गते सम्म मन्दिरलाई आर्थिक सहयोग पु¥याउने उद्धेश्यले तत्कालिन छिमेकी गविसहरु तथा अन्य संघसंस्थाहरुको सहभागितामा पं. भिमकान्त पन्थी प्रमुख वाचकको रुपमा रहेको महायज्ञबाट संकलन भएको ४५ लाख रुपियाँ मध्ये बचत रकमबाट मन्दिरको तामाको पाताले मुल छानो छाउने काम सम्पन्न भएको छ ।
तत्कालिन गाउँ विकास समिति, जिल्ला विकास समिति, भौतिक तथा भवन निर्माण कार्यालयबाट प्राप्त सहयोग, संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्राप्त निरन्तर सहयोग रहेको छ । स्थानीय तथा बाह्य भक्तजनहरुबाट प्राप्त नगद तथा जिन्सी सहयोगबाट मन्दिर निर्माण तथा पूजा संचालनमा सहयोग पुगेको छ ।
मन्दिरमा गरिने नित्य वार्षिक कार्यक्रमहरु
यस दर्लम महाकाली भगवती मन्दिरमा दैनिक पूजा, पाठ परायणका साथै बार्षिकरुपमा मन्दिरमा थप धार्मिक कार्यहरु हुँदै आएको छ । जस अनुसार प्रत्येक बर्ष माता महाकालीको उत्पत्ति भएको दिन हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन बाजा गाजा, भजन र्कितन सहित माता महाकालीको रथ यात्रा गराउने प्रचलन रही आएको छ ।
शिवरात्रीमा रुद्राभिषेक सहित भजन किर्तन, चैते दशैमा नित्य नवदुर्गा पूजा, परम्परागत सप्तशती चण्डीको विधान अनुसार र माता महाकालीको सत्तप्रमोधको विधान अनुसारको पूजा गर्ने गरिन्छ । यस्तै गरी श्री कृष्ण जन्माष्टमीमा श्री कृष्ण जन्मोत्सव, श्रावण महीनामा बोलबमको जल चढाउने कार्यक्रमका साथै नव दुर्गामा बडादशै पूजा गर्ने गरिन्छ । यी समयमा अरु बेला भन्दा यहाँ दशनार्थीहरुको भिड लाग्ने गर्दछ । कुनै शुभकार्यका लागि महाकालीसँग भाकल गर्ने र भाकल पूरा भएपछि रोट, बली वा पञ्चवली लैजाने प्रचलन समेत रहेको छ ।
महाकाली मन्दिरको गुरु योजना अनुसार हाल मुल मन्दिरको निर्माण कार्य सम्पन्न भइसकेको छ भने भुवनेश्वरी मन्दिर, होम कुण्ड, मूल गेटको काम भइरहेको मन्दिर संरक्षण समितिका सचिव पिताम्वर शर्माले बताए । भगवती माताको आर्शिवादले आफ्ना मनोकांक्षा पुरा भएको काली भक्त हुम प्रसाद गैरेको अनुभव छ ।

 

Previous Post

आजबाट माडी सराईमा महोत्सव सुरु हुँदै

Next Post

बालमैत्री स्थानीय गाउँ समिति बगनासकालीको बैठक सम्पन्न

palpasamachar

palpasamachar

Next Post
बालमैत्री स्थानीय गाउँ समिति बगनासकालीको बैठक सम्पन्न

बालमैत्री स्थानीय गाउँ समिति बगनासकालीको बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025

Recent News

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version