• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 14, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

बालमैत्री स्थानीय गाउँ समिति बगनासकालीको बैठक सम्पन्न

palpasamachar by palpasamachar
November 30, 2023
in अन्य
0
बालमैत्री स्थानीय गाउँ समिति बगनासकालीको बैठक सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । बगनासकाली गाउँपालिका अन्तरगतको बालमैत्री स्थानीय गाउँ समितिको बैठक सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष एवम् समितिका अध्यक्ष सरस्वती चिदीको अध्यक्षतामा भएको बैठकमा आर्थिक वर्ष २०८०।०८१ मा बालमैत्री कार्यक्रमका लागि बिनियोजित रु २० लाख बाट सञ्चालन गरिने कार्यक्रम र गतिबिधिबारे छलफल समिक्षा गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष चिदीले गाउँपालिका स्तरीय समितिको पुर्नगठन गरिएको र वडा स्तरमा पनि सोही बमोजिमका कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

बगनासकालीलाई २०७७ चैत १५ गते लुम्बिनी प्रदेशमै पहिलो बालमैत्री पालिका घोषणा गरिएको थियो । तत्पश्चात पालिकाले हरेक बर्ष बालमैत्री शीर्षकमा बजेट बिनियोजन गरि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । चालु आर्थिक वर्षबाट गाउँपालिका स्तरमा स्थानीय बालकल्याण अधिकारीको दरबन्दी सृजना गरिएको र यही महिनाभित्र पदपूर्ति गर्ने गरि तयारी गरिएको, सडक नाटक लगायत बिभिन्न सचेतनामूलक कार्यक्रम संचालन, बालमैत्री प्रचारप्रसार लगायत बिभिन्न रचनात्मक कार्यक्रमको तयारी गरिएको अध्यक्ष चिदीले बताउनुभयो ।

बैठकमा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बगनासकाली प्रदेशकै पहिलो बालमैत्री पालिका घोषणा भइसकेको र कार्यान्वयन पक्षमा पनि बगनासकाली पहिलो नै रहने गरी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले बालमैत्री अभ्यास अन्तरगत पालिका भित्रका अभिभावक बिहीन बालबालिकाहरुको अध्ययन सहयोगार्थ मासिक रु १ हजार सोही कार्यक्रम अन्तरगत प्रदान गर्दै आएको र चालु वर्षमा सो कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले घोषणापछि सही कार्यान्वयनमा बगनाकालीले उचित कार्यक्रम बनाउँदै आएको बताउनुभयो । उहाँले बालमैत्री अभ्यासले प्रत्यक्ष रुपमा बालबालिका लाभान्वित हुने बताउनुभयो ।

यहाँ धेरै पालिकाहरुबाट बालमैत्री अध्ययन तथा जानकारी लिनका लागि टोलीहरु आउने गरेका छन् । टोलीले बगनाकालीको बालमैत्री अभ्यास र कार्यान्वयनको अवस्थाबारे अन्तरक्रिया गर्ने गरेको गाउँपालिका प्रवक्ता टिका बहादुर थापाले बताउनुभयो ।

बैठकमा वडाध्यक्षहरु, कार्यपालिका सदस्य, गैरसरकारी संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, शिक्षक प्रतिनिधि, बालसञ्जालका प्रतिनिधि, बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, बिभिन्न शाखाका प्रमुख प्रतिनिधि लगायत बालमैत्री स्थानीय गाउँ समितिको कार्यबिधिमा उल्लेख भए बमोजिमका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकको सहजीकरण बालमैत्री कार्यक्रमको गाउँपालिकाका फोकल पर्सन सुजन घिमिरेले गर्नुभएको थियो ।

Previous Post

आज दर्लममहाकालीमा रथयात्रा हुँदै (दर्लम महाकालीको किंवदन्ती सहित)

Next Post

नेतृत्व त्रैमासिक सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न

palpasamachar

palpasamachar

Next Post
नेतृत्व त्रैमासिक  सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न

नेतृत्व त्रैमासिक सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025
रम्भा गाउँपालिकामा २ दिने पत्रकारिता तालिम संचालन

रम्भा गाउँपालिकामा २ दिने पत्रकारिता तालिम संचालन

May 13, 2025
बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

May 11, 2025
प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

May 11, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version