पत्रकार मिलन तथा बनभोज कार्यक्रम सम्पन्न

0
102

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको आयोजनमा पत्रकार मिलन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
बगनासकाली गाउँपालिका २ पोखराथोक नौविसेमा भएको कार्यक्रममा शाखाका अध्यक्ष रेखीराम रानाले पत्रकारहरुबचि अन्तरक्रियात्मक बातावरण बनोस् भन्ने उद्देश्यले यसप्रकारको कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले पत्रकार महासंघ सबै पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको र पाल्पा शाखाको गौरवपूर्ण इतिहासलाई कायम राख्दै बर्तमान कार्य समिति अगाडि बढेको बताउनुभयो ।

पत्रकार महासंघ पाल्पा शाखाका पुर्व अध्यक्ष एवम् सल्लाहकार गोविन्द भट्टराईले हिजोको कठिन अवस्थाबाट पत्रकार महासंघ आजको अवस्थामा आइपुगेको बताउनुभयो । हिजोको दिनमा सीमित स्रोत साधनका बीच पनि महासंघले सामाजिक स्तरमा राम्रो प्रभाव राखेको र आगामी दिनमा पनि महासंघका सोही बमोजिमका गतिबिधि अगाडि बढ्ने बिश्वास ब्यक्त गर्नुभयो ।

शाखाका पुर्व अध्यक्ष एवम् सल्लाहकार भगवान भण्डारी, पुर्व अध्यक्ष एवम् सल्लाहकार राजेशकुमार अर्याल लगायतले उक्त कार्यक्रमको प्रंशसा गर्नुभएको थियो । कार्यक्रममा पाल्पा शाखामा आवद्ध तथा पाल्पामा क्रियाशील गरी ६० जना पत्रकारहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ पाल्पा शाखा स्थापना भएको ३१ वर्ष शुभारम्भ भएको अवसरमा पुस १९ गते बिहीवार तानसेन स्थित शाखा कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको सचिव यज्ञमूर्ति तिमिल्सिनाले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here