बेद युवा समूहको अध्यक्षमा बस्याल

0
223

पाल्पा । इन्सेकको पहलमा गठित बेद युवा समूहको पुर्नगठन गरिएको छ । समूहको अध्यक्षमा सुशिल बस्याल, उपाध्यक्षमा रमेश भट्टराई र आस्था सुनार, सचिवमा स्मृति बस्याल, सहसचिवमा सुरक्षा घिमिरे, कोषाध्यक्षमा प्रशान्त गैरे र समूहको प्रवक्तामा शिशिर बस्याल रहनुभएको छ ।

समूहको सदस्यमा आशिष पाठक, आशिष घिमिरे, तिलक सुनार, अमित बुढाथोकी, किरण घिमिरे, सुमन भट्टराई, दिक्षा भट्टराई र मुना सुनार रहनुभएको छ । यो युवा समूह तत्कालीन अवस्थामा बेद माध्यमिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुको बीचमा गठन भएपनि पछिल्लो समय समुदाय स्तरमा बिस्तार भएको छ । समुहको गठनको समयदेखि नै समूहले अदुवा रोपण, सुचना केन्द्रको ब्यवस्थापन, कोभिडको समयमा बिभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै युवाहरुको नेतृत्व व्यक्तित्वको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको समूहका निवर्तमान अध्यक्ष बरुण बस्यालले बताउनुभयो ।

उहाँले नेतृत्व एकै ब्यक्तिमा रहँदा अन्य युवाहरुको नेतृत्व व्यक्तित्व विकास हुन नसक्ने भन्दै युवा समूहको पुर्नगठन गरी नयाँ युवाहरुलाई समूह परिचालनको जिम्मेवारी प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा बगनासकाली ८ का वडाध्यक्ष मोतिलाल बस्यालले यो युवा समूहको आफू फ्यानकै रुपमा रहेको बताउनुभयो । युवाहरुले आफ्नो अध्ययनको साथसाथै समूहमा आवद्ध भएर जुनप्रकारले रचनात्मक कार्यक्रम गर्दै आएका छन् । यी पक्षहरु सकारात्मक रहेको उहाँको भनाई थियो । उहाँले आगामी वर्षको बजेटमा यो युवा समूहलाई पनि वडाले समेट्ने र त्यसका लागि वडा कार्यालयमा प्रस्तावना पेश गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बेद माविका पुर्व शिक्षक जगदीश बस्यालले युवा समूह गठनको समयको स्मरण गर्दै यो समूह स्थापनाको समदेखि नै रचनात्मक रहँदै आएको बताउनुभयो । इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले इन्सेकले पाल्पा जिल्लामा परियोजना संचालन गर्दाको बखत समूह गठन गरेको र परियोजना सकिएको अवस्थामा पनि युवा समुह उस्तै अवस्थामा परिचालित हुँदै आएको बताउनुभयो ।

समूहका सल्लाकार बिष्णु तिमिल्सेना, नेपाल परिवार नियोजन संघका प्रतिनिधि कमल बस्यालले बेद युवा समूहले अन्य युवाहरुको पनि नेतृत्व व्यक्तित्व विकास गर्दै अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले बगनासकाली गाउँपालिका भित्रका युवाहरुलाई यो समूहमा समेट्न सके राम्रो हुने बताउनुभयो ।

बेद युवा समूहका निवर्तमान सचिव जीवन न्यौपानेले युवा समूहमा आवद्ध भएपछि आफूमा आएको नेतृत्व ब्यक्तित्व विकासको परिवर्तनबारे जानकारी गराउनुभएको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here