उद्यमशीलता तथा बित्तिय साक्षरता तालिम सम्पन्न

0
212
पाल्पा । राष्ट्रिय युवा परिषद् सानो ठिमी भक्तपुर र बगनासकाली गाउँपालिकाको संयुक्त आयोजनामा १ हप्ते सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत दिनेश घिमिरेले युवा परिषद्ले युवा लक्षित विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र बेला बेलामा युवाहरुलाई लक्षित गरी बिभिन्न अवसरका सूचनाहरू वेभसाइट मार्फत सार्वजनिक गरिने भएकोले अपडेट रहन आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा ५ जनाको समूहलाई पालिकाको सिफारिसमा ५–५ लाख रुपैयाँ प्रदान गर्ने योजना बनाएको बताउदै घुम्ती कोषको रुपमा विकास गरेको समेत बताउनुभएको थियो । यसरी गरिएको लगानीको ब्याज तिर्नु नपर्ने र सावा रकम दोस्रो वर्षदेखि पाँचौ वर्षसम्म क्रमशः फिर्ता गर्नुपर्ने बताउनुभयो ।
तालिमको सदुपयोग गर्ने सके नेपाल मै पनि केही गर्ने सकिने उहा“को भनाई थियो । यस आर्थिक वर्षमा उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम नेपालका २४ वटा पालिकामा मात्र सञ्चालन गरिने कार्यतालिका रहेको उहाँले बताउनुभयो ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बगनासकालीमा रहेका युवाहरुको नेतृत्व व्यक्तित्व विकाससँगै उद्यमशीलता प्रवर्धनका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रम गर्दैै आएको बताउनुभयो । युवाहरुलाई सीपको माध्यमबाट सिर्जनशील एवम् व्यवसायिक क्षमताको विकास गराउने उहाँको भनाई थियो । उहा“ले लक्षित वर्गलाई ध्यानमा राखेर होजेरी,नाउ तालिम,दुनाटपरी तालिम समेत संचालन गरी व्यवसाय समेत संचालन भएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले व्यवसाय सुरु गरेर सफल हुने कुरासंगै कमाउनु भन्दा पनि कमाएको चिज चिन्ने कुरा नै महत्वपूर्ण रहेको बताउनुभयो । राष्ट्रिय युवा परिषद् भक्तपुरका तालिम शाखा प्रमुख कर्णबहादुर कंवरले योजनामा हिड्ने बाटो देखाउने काम गरेको बताउनुभयो । युवा परिषद्का पाल्पा संयोजक तुलबहादुर अधिकारीले परिषद्को पाल्पामा यो वर्षको पहिलो कार्यक्रम समेत भएको बताउनुभयो । सहभागी कल्पना विकले आफुहरुले मेहनत गरेर उद्यम गरेपछि बित्तिय साक्षरता नहुदा भनेजति सफल हुन नसकेको अनुभव सुनाउदै यो तालिमले धेरै कुराको ज्ञान भएको बताउनुभयो ।
लघु उद्यम शाखाका फोकल पर्सन प्रेमबहादुर बगालेले लघु उद्यम अन्तर्गत ६ चरण सम्म तालिम सञ्चालन हुने बताउदै त्यस प्रश्तात उत्पादन र प्याकेजीङको चरणमा जाने बताउनुभयो । समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, प्रमुख प्रशिक्षक बालकृष्ण गैरे, उद्यम सहजकर्ता, शर्मिला बिक लगायतले मन्तव्य राख्नुभएको थियो । १६ वर्ष देखी ४० वर्ष सम्मका ३९ जना युवा सहभागी रहेको तालिमको सहजीकरण शिक्षा विद् बालकृष्ण गैरे र तुल्सीराम न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।
तस्बिरः समाचारघरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here