विद्यालयमा अंग्रेजी माध्यम वातावरण बनाउन शिक्षक तालिम

0
1293
गोपालप्रसाद वश्याल । पाल्पा
विद्यालयमा अंग्रेजी माध्यम वातावरण निर्माण गर्ने उद्देश्यकासाथ तानसेनको मोहन कन्या माध्यमिक विद्यालयका सबै शिक्षकहरूका लागि तालिम प्रदान गरिएको छ । विद्यालयमा परीक्षा सकिएपछि दैनिक दुई घण्टाको दरले तीन दिनसम्म सञ्चालित तालिम आज सम्पन्न भएको हो ।
विद्यालयमा अंग्रेजी माध्यम वातावरण सिर्जना विषयक तालिममा शिक्षक गोपाल प्रसाद वश्यालले सहजीकरण गर्नुभएको थियो । तालिममा अंग्रेजी माध्यमका लागि सबल, कमजोर, चुनौति र अवसरको विश्लेषण, कक्षाशिक्षणका क्रममा प्रयोग गरिने भाषिक निर्देशनहरू, प्रभावकारी प्रश्न निर्माण अभ्यास, अंग्रेजी माध्यममा शिक्षणका चुनौति तथा सहयोगी शैक्षणिक रणनीतिहरू, खेल तथा मनोरञ्जनात्मक क्रियाकलापहरू र विद्यालयमा अंग्रेजी वातावरण सिर्जना गर्नका लागि गर्नुपर्ने कार्यहरूका बारेमा छलफल र अभ्यासहरू गरिएको थियो । कार्यक्रममा गुगल क्लासरुम, मेन्टीमिटर जस्ता डिजिटल साधनको साथै पाठ्यक्रम विकास केन्द्र र ब्रिटिश काउन्सिलबाट उत्पादित सामग्रीहरूको प्रयोग गरी सामूहिक कार्यहरू गरिएको थियो ।
तालिम कार्यक्रमको समापन गर्दै प्रधानाध्यापक दिपक ज्ञवालीले तालिमबाट विद्यालयमा अंग्रेजी भाषामा बोलीचालीका लागि आधारभूत सिपहरू सिक्ने अवसर प्राप्त भएको बताउनु भयो । उहाँले समयसमयमा यसप्रकारका तालिम कार्यक्रम गर्ने र सबैको सत्प्रयासबाट विद्यालयमा शैक्षिक सुधार गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here